इलाम, २७ भदौ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मन्चले इलाम क्षेत्र न. २ बाट संघीय संसदको प्रत्यक्ष उम्मेदवार तर्फ रंगकर्मी बिक्रम वनेम फागोलाई सिफारिस गरेको छ ।
दाप सहितको खुकुरी चिन्हबाट आउँदो मङ्सिर ४ को निर्वाचनमा फागो उम्मेदवार बन्ने भएका हुन् । त्यस क्षेत्र नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निर्वाचन क्षेत्र हो । फागोको उम्मेदवारीले नेम्बाङलाई असर पुग्ने देखिन्छ ।
विभिन्न लिम्बू भाषिक म्यूजिक भिडियोका निर्देशक तथा कलाकार समेत रहेका फागो लिम्बूवान राजनीतिमा लामोसमयदेखि आन्दोलित छन् । आफूले अहिले सम्म कुनै पनि पार्टीका साधारण सदस्य समेत लिएका छैनन् । तर , राजनीतिक तथा बैचारिक रुपमा उनी संघीय लिम्बूवान पार्टीसंग नजिक मानिन्छन् ।
उनको उम्मेदवारी सिफारिस पछि कतिपयले सामाजिक सञ्जालमा लेखेका छन् , ‘यदि लिम्बुवानी जनताले फागोलाई क्षेत्र न.२ बाट निर्वाचित गराउने हो भने, फागो एक्लै ९० जना सांंसद भन्दा ताकतवाला छन् ।’
लिम्बुवान राजनीतिक पृष्ठभूमिलाई नजिकबाट बुझदै आएका फागोले पहिचान सम्बन्धी विभिन्न मुद्दाहरुमाथि बोल्दै आएका बिद्रोह स्वभावका नेताका रुपमा चिनिन्छ ।