झापा, १९ भदौं । किरात राई यायोक्खा जिल्ला कार्य समिति झापाको नयाँ नेतृत्व चयन भएको छ । शनिवार काकडभिट्टामा सम्पन्न ८ औ अधिवेशनले गणेश बहादुर राईको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।
सर्वसम्मत निर्वाचित जिल्ला समितिको द्धयउपाध्यक्षमा केवलराम राई,लिला राई,सचिवमा सुसन राई, त्रयसहसचिवमा चिप्पा राई ,सन्देस राई , अर्जुन राई , कोषाध्यक्षमा किसन राई र सहकोषाध्यक्षमा आनन्द राई चुनिएका छन् । यसैगरि, सदस्यहरुमा तारा,अविरल, शिवराज ,किरण,हर्कराज,रामकुमारी,जतन, मानबहादुर,ज्ञानदिप, सुदिप,धनेश्वरी,प्रकाश ,सनिल, गौरीमान,केडी र चिराकुमार राई चुनिएको अध्यक्ष मण्डल तथा निर्वाचन समितिका संयोजक पारषमणि राईले बताए ।