ग्यास्ट्रिक समस्यासँग जोडिएको कब्जियत र पायल्स


कब्जियत पायल्सको मुख्य कारण भएकाले समयमा नै सचेत हुनु अत्यन्तै जरुरी छ । माथि भनिए अनुसार थोरै खाने, रेसा भएका र प्राकृतिक खानेकुरा खाने, पानी खाना खाएको दुई घण्टापछि मात्र पिउँने । खाना राम्रोसँग चपाएर विस्तारै खाने । खानासँग सलाद भए खाने नभए सागसब्जी खाना बराबर खाने । बिहानको खानामा थोरै घिउ खाने । यसले कब्जियत खुलाउन सहयोग गर्छ । बेलुकाको खानामा रोटी भए राम्रो नभए पनि चिल्लो र पिरो नभएको सादा थोरै र चाडै खाना खानु उचित हुन्छ । सकेसम्म बेलुकाको समयमा माछामासु नखानु उत्तम उपाय हो । खानेबानी नै भए बिहान खाने । बेलुका खानु नै परे सलाद या स्याउ या अन्य रेसा भएका सलाद आदिको सेवन पनि गर्ने । बेलुका चाडो सुत्ने । सुत्नुअघि पानी या दुध अवश्य पिउने । यसले कब्जियत र हृदयघात हुनबाट बचाउँछ । बेडमा पुगेपछि सकारात्मक सोच राखेर, आफु निरोगी भएको र आउँने दिनमा पनि निरोगी रहने छु भन्ने सकारातमक प्रवाह मन र शरीरमा ल्याउने । बिहान चाडो उठने । उठेर मनतातो पानी पिउने । एकछिन हिँडने । सौच गर्नजादा पूर्ण रुपमा चिन्ता रहित पेट खुल्ला हुन्छ भन्ने विश्वास लिएर वस्ने । सौच बसेको बेलामा धेरै कन्ने र धेरैबेर बस्ने गर्नु हुदैन । यस्तो गर्दा दिसा द्धारमा भएका रक्तनसा फुलिने हँुदा तिनै ऐजेरु जस्तो भएर बाहिर आउने गर्छन । जसलाई हामी सामान्य भाषामा पायल्स भन्दछौ ।

………………………………………………………………………………………………………………………………..

डा. लेखनाथ नेउपाने

 पेटमा रहेको आमाशय, सानो आन्द्रा, ठूलो आन्द्रा लगायतका पाचनसँग जोडिएका अङ्गलाई ग्यास्ट्रो पनि भनिन्छ र यही नामबाट पेटमा हुने केहि समस्याहरुको सङ्गालोलाई ग्यास्ट्रिक भन्न थालिएको हो । तर ग्यास्ट्रिकलाई एसिड पेप्टिक डिसअर्डर(एपिडी)भनिन्छ । धेरै मानिसमा हुनुे यो समस्या जानेर या नजानेर मानिसलाई सताइरहेको हुन्छ । यसैसँग जोडिएर आउँने समस्या हो कब्जियत र कब्जियतले अन्तत निम्त्याउने समस्या हो पायल्स अथवा हेमोराइड्स । यो भनेको दिसा द्धारमा दुख्नु, दिसा गर्दा रगत आउनु, केहि ऐजेरु जस्तो पलाउनु, द्धार चिलाउनु आदि आदि । विभिन्न अध्यायन र अनुसन्धानमा नेपालीहरुलाई धेरै मात्रमा ग्यास्ट्रिक, कब्जियत र पायल्स भएको देखिएको छ । किन र के के कारणबाट यस्ता समस्या देखिन्छन् त ?     

हरेक प्राणी या वनस्पतीले वाँच्नका लागि खानुपर्छ । यो प्रकृतिको नियम हो । हामी नखाइकन बाँच्न सक्दैनौं । तर समय कालसँगै हामी खानका लागी बाँच्न थाल्यौं । जिब्रो स्वादका लागि मात्र बनाइएको जस्तो गरेर मिठो मसिनो खान थाल्यौं । मिठो मसिनोको पनि हद नाघेर हामी त शरीरले पचाउँन नसक्ने र पच्न नसक्ने अनि दिसाद्धारको माध्यमबाट बाहिर प्mपाक्न नसक्ने गरि खान थाल्यांै । एकदिन कहाँ हो र दैनिकजसो पाचन तन्त्रले पचाउँन र बाहिर प्mयाक्न नसक्ने गरि खान थाल्यौँ । परिणाम चर्पी वस्दा हामीलाई कठिनाई हुनथाल्यो । कसैलाई दिसा गोटा पर्न थाल्यो । दिन बिराएर आउन थाल्यो । कसैलाई दिसासँगै रगत आउन थाल्यो । कसैलाई ऐजेरु जस्तो पलाउन थाल्यो । कसैलाई द्धारमा चिलाउन थाल्यो । कसैको दिसा गर्दा कन्नु पर्ने या कडा दिसा आएका कारण द्धार च्यातिन थाल्यो । कोही कसैको दिसा बस्नै नसक्ने गरी दुख्न थाल्यो । कसैकसैलाई बेर्नो जस्तो निस्किन थाल्यो । पेटमा पाचन बिग्रियो । पेट फुल्ने डकार धेरै आउने, अमिलो पानी आउने, भोक नलाग्ने या भोक लागिरहने हुन थाल्यो, छातीमा भारी भएको जस्तो लाग्न थाल्यो, मुटु धेरै चलेको डर लागे जस्ता हुन थाल्यो, पेटमा गानो जस्तो चल्न थाल्यो भने ग्यास्ट्रिक भएको हुन सक्छ । यसरी धेरैलाई आप्mनै कारणले र अज्ञानताले एक प्रकारको दिर्घ रोगी बनाइदियो । माथी भनिएका कारण र लक्षण नभएर पनि केहि व्यक्तिहरु पाचन लगायतका रोगबाट पीडित छन् । त्यो भनेको वंशानुगत या अन्य कारण पनि हुनसक्छ ।

ऋषि मुनिको एउटा भनाइ छ । ‘धेरै खाए मल थोरै खाए बल’ वास्तवमा यो सत्य कुरा हो । विभिन्न अध्ययनले पनि देखाए अनुसार हाम्रो शरिरमा लाग्ने विभिन्न रोगहरु मध्ये धेरै जसो खानपान र अनावश्यक चिन्ता हो । हामी एउटा सानो उदाहरण लिन सक्छौं । एउटा मजदुर मुस्किलले दिनमा दुई पटक सादा भात सब्जी या धेरै भए दालभात सब्जी खान्छ । कडा परिश्रम गर्छ । खुल्ला आकाश मुनी या छाप्रोमा मस्त निदाउछ । विहान उठेर शौच गर्छ । पेट साफ । न दिसा नलाग्ने समस्या न रगत आउने समस्या । न पेट फुलिने या भोक नलाग्ने समस्या हुन्छ । तर अर्को मान्छे दिनभर घरमा बस्ने, अफिसमा बस्ने या चिया धेरै पिउने, चिल्लो पिरो भएको तरकारी, विभिन्नखाले अचार, माछा मासु, अनि शरीरलाई चाहिने भन्दा वढी खानेकुरा खान्छ । विहान सौच गर्न जाने इच्छा नै हुदैन । भए पनि थोरै, कष्टले । बार बार दिसा बस्ने इच्छा हुन्छ । पुनः अर्को दिन उही दैनिकी । अब कसरी  पेट सफा हुन्छ । कसरी खाना पच्छ । परिणाम अनेक समस्या, जस्तै पेट फुलिने, डकार आउने, भोक लागे जस्तो हुने तर खान मन नलाग्ने, पटक पटक दिसा जान मन लाग्ने तर खुलेर नहुने । द्धार पोल्ने, चिलाउने, रगत आउने, ऐजेरु जस्तो देखा पर्ने । यसरी नै शरीर फुर्ति नहुने, निद्रा राम्रो नलाग्ने, धरै रिष उठने या धेरै रिसाउने, प्रेसर वढने आदि आदि समस्या देखा पर्न थाल्छन् । यो अवस्था ग्यास्ट्रिक वढेको अवस्था पनि हो । यस्तो अवस्थामा आप्mनो दैनिकीमा परिवर्तन ल्याउन सकेन भने ऊ ग्यास्ट्रिकसँगै पायल्स रोगको समस्याले ग्रसित हुनपुग्छ । यस्तै ग्याष्ट्रिक समस्याले छाती दुख्ने, डर लागे जस्तो हुने, चिन्ता वढने, निद्रा नलाग्ने, छटपटी हुने जस्ता लक्षण पनि देखिन सक्छ ।

महत्वपूर्ण कुरा के हो भने जसले पेटलाई सफा र निरोगी राख्न सक्तैन उसलाई माथि भनिएको ग्यास्ट्रिक र पायल्स रोग लाग्ने सम्भावना वढेर जान्छ र उपचार पनि कठिन हुन्छ । अर्का तर्फ साना नानीहरुमा, केटीहरुमा र गर्भवती महिला र स्तन चुसाउदै गरेका महिलाहरुमा पनि यो समस्या झनै वढेको पाइन्छ । कारण बजारमा बनेका खनेकुराको सेवन, रेसा नभएका खानेकुरामा जोड । जस्तै चाउचाउ, माछामासु, मैदाबाट बनेका परिकार धेरै अनि सागसब्जी, पलफुल र पानीको मात्रा कमी । यता सानासाना आमाको दुध चुस्ने बालबालिकामा पनि कब्जियतको समस्या देख्न सकिन्छ । यसको कारण भने आमाको दुध नभएर कृतिम दुध, दालको कमी र रेसा(फाइबर) नभएका खानेकुराको सेवन अनि पानीको कमी, निद्राको कमी मुख्य रहेका छन् । धेरै जसो घरमा साना बालबालिकालाई विस्कुट या पाउरोटी दुधमा चोबेर या दुधमा पकाएर या त्यतिकै खान दिने चलन बढेको छ । परिणाम कब्जियत । बच्चाले आची गरेन, गर्नै सक्दैन । कनेर गर्दा केहि बाहिर आउँछ भन्ने जस्ता गुनासा लिएर आउनेको सख्या वढेको छ ।

कब्जियत पायल्सको मुख्य कारण भएकाले समयमा नै सचेत हुनु अत्यन्तै जरुरी छ । माथि भनिए अनुसार थोरै खाने, रेसा भएका र प्राकृतिक खानेकुरा खाने, पानी खाना खाएको दुई घण्टापछि मात्र पिउँने । खाना राम्रोसँग चपाएर विस्तारै खाने । खानासँग सलाद भए खाने नभए सागसब्जी खाना बराबर खाने । बिहानको खानामा थोरै घिउ खाने । यसले कब्जियत खुलाउन सहयोग गर्छ । बेलुकाको खानामा रोटी भए राम्रो नभए पनि चिल्लो र पिरो नभएको सादा थोरै र चाडै खाना खानु उचित हुन्छ । सकेसम्म बेलुकाको समयमा माछामासु नखानु उत्तम उपाय हो । खानेबानी नै भए बिहान खाने । बेलुका खानु नै परे सलाद या स्याउ या अन्य रेसा भएका सलाद आदिको सेवन पनि गर्ने । बेलुका चाडो सुत्ने । सुत्नुअघि पानी या दुध अवश्य पिउने । यसले कब्जियत र हृदयघात हुनबाट बचाउँछ । बेडमा पुगेपछि सकारात्मक सोच राखेर, आफु निरोगी भएको र आउँने दिनमा पनि निरोगी रहने छु भन्ने सकारातमक प्रवाह मन र शरीरमा ल्याउने । बिहान चाडो उठने । उठेर मनतातो पानी पिउने । एकछिन हिँडने । सौच गर्नजादा पूर्ण रुपमा चिन्ता रहित पेट खुल्ला हुन्छ भन्ने विश्वास लिएर वस्ने । सौच बसेको बेलामा धेरै कन्ने र धेरैबेर बस्ने गर्नु हुदैन । यस्तो गर्दा दिसा द्धारमा भएका रक्तनसा फुलिने हँुदा तिनै ऐजेरु जस्तो भएर बाहिर आउने गर्छन । जसलाई हामी सामान्य भाषामा पायल्स भन्दछौ ।

पायल्सका प्रकार : पायल्स दुई प्रकारका हुन्छन् । बाहिरी पायल्स जसलाई हामी सजिलै देख्न सक्छौ । दिसाद्धार भित्रका रक्तनसा फुलिएर दुख्ने, रगत आउने, दिसा बस्न कठिन हुने हुन्छ । यो भित्री पायल्स हो । भित्री रक्त नसाहरु फुल्ने, ऐजेरु पालाए जस्तो लाग्ने र रगत आउने अनि दुख्ने हुँदा कब्जियत हुनु झनै पिडादायी हुन्छ । त्यसैले कब्जियत हुनबाट बच्ने उपायहरु माथि भनिए अनुसार अपनाउनु जरुरी हुन्छ । यसरी नै बाहिरी पायल्समा भने दिसाद्धारका नसाहरु फुलेर ऐजेरु जस्तै हुने हुँदा विरामीलाई धेरै डर लाग्ने गर्छ । कतै क्यान्सर त हुदैन भन्ने सम्मको पनि शंका विरामीमा देख्न सकिन्छ । यो भ्रम मात्र हो अपवाद बाहेक क्यान्सर हुदैन् । तर यदि पटक पटक अप्रेशन या सुई लगाएर सुकाउने भन्दै अनेक प्रकारका अबैज्ञानिक उपचार अपनाएमा सम्भावना वढ्न सक्छ । त्यसैले बेलैमा अबैज्ञानिक उपचारबाट बचांै र सही के हो त्यसको जानकारी राखौ ।

उपचार : पायल्स मात्र दिसाद्धारको विराम होइन । यो त पेटसँग सम्बिन्धीत रोग हो । यो रोगबाट बच्न पेट सफा राख्ने गर्नुपर्छ । जति कब्जियत या दिसा खुलेर हुँदैन त्यति समस्या पीडादायी हुन्छ । यदि कब्जियत नभएमा पायल्स निको पार्न सहज हुन्छ । यसको लागि अनावश्यक र नपच्ने खानेकुराबाट टाढा रहनुपर्छ । अनावश्यक चिन्ता र लोभबाट मुक्त हुनुपर्छ । रातीको समय हामीलाई प्रकृतिले सुत्न दिएको हो । मजाले आठ घण्टा सुतौं । राती काम हुनेले दिउसो सुतांै । जीवनलाई सुन्दर र स्वस्थ बनाउने आफैले हो । चिन्ता, लोभ, अनावश्यक सोच र मनखुसी खाना रोगका कारण हुन् । ग्यास्ट्रिक कुनै रोग होइन । यो त हामीले खान र जिउन नजानेका कारण देखिएको समस्या मात्र हो । कहिले काही पेटमा एक प्रकारको संक्रमण जस्तै एच पाइलोरी जस्ता आँखाले देख्न नसकिने जिवाणुका कारण, जुकाका कारण या अल्कोहल सेवनका कारण, अत्यधक चुरोट सेवनका कारण पनि ग्यास्ट्रिक या अल्सर पनि हुन सक्छ । यस्तो अवस्थामा पेट दुख्ने, रगतको मात्रा कम भएर जाने, भोक नलाग्ने, कमजोरी वढेर जाने गर्न सक्छ । रगत बान्ता हुन सक्छ । दिसा पटक पटक जानु पर्ने तर पेट सफा नहुने या दिनको फरकमा पनि दिसा नलाग्ने । पहेले या अन्य समस्या पनि देखिन सक्छन् । यी लक्षणहरु देखिएमा चिकित्सकको सल्लाह बमोजिम उपचार गर्नुहोस । ग्यास्ट्रिक, कब्जियत र पायल्स, अल्सर, पहेले आदि रोगमा होमियोप्याथिक र आयूर्वैदिक उपचार पनि भेरै प्रभावकारी र सफल छ । आयूर्वेद चिकित्सामा पायल्स र फिस्चुला( एक प्रकारको कृतिम नली दिसाद्धार या महिलामा पिसावद्धार वरपर देखापर्नु) क्षारसुत्र प्रविधी निक्कै प्रभावकारी देखिएको छ । बुझेर सहि उपचार पद्धति अपनाउन पनि सर्वसाधारणमा अनुरोध छ । (लेखक, रीता होमियो क्लिनिक सेन्टर दमकका संचालक पनि हुन् )

Leave a Reply

Your email address will not be published.