ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु


मोरङ,२५ असार । भारतीय ट्रकको ठक्करबाट मोरङको विराटनगर महानगरपालिका–१३ रोड शेषस्थित सडकखण्डमा एक जना साईकल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरी बर्जु गाँउपालिका २ अमडुवा फारम का ४५ बर्षीय सनेन्दर राय रहेका छन् । उत्तरबाट दक्षिण तर्फ जादै गरेको डब्लुबी २३ बी ४९६१ नम्बरको ट्रकले सोही दिशा तर्फ जादै गरेको साईकल यात्रीलाई ठक्कर दिदाँ गम्भिर घाईते भएका रायको उपचारको लागी कोशी अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो ।
ट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताइएको छ ।
ब्राउनसुगरसहित महिला पक्राउ
झापाको मेचीनगर नगरपालिका ६ मेचिपुलबाट एक जनालाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ७ नयाँ बसपार्क बस्ने २२ बर्षीया रोजिना आले खड्का रहेकी छन् ।
शुक्रवार बेलुका साढे ७ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेकी खड्कालाई लागुऔषध ब्राउनसुगर २ ग्राम सहित पक्राउ गरिएको हो ।

Leave a Reply

Your email address will not be published.