ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

इलाम ,३० जेठ । इलामको रोङ गाउँपालिका–४ मेची राजमार्गको बाघखोर भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार इलामबाट झापातर्फ आउँदै गरेको मे १ त ४४७८ नम्बरको ट्याक्टर सडकबाट करिब ३ सय फिट तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा चालक सागर प्रधानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
र्दुघटनामा सूर्योदय नगरपालिका–१२ कैलाश राई र र १३ नम्बर वडाका सुरेस राई घाईते भएका छन् भने घाइतेहरुलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी हस्पिटल लगिएको प्रहरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.