श्रीमती संगठनको दमकमा खुल्ला रक्तदान

दमक,२९ जेठ । श्रीमती संगठन दमकको चौथो बार्षिकोत्सवको अवसरमा बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ।
दमक नगरपालिका उप प्रमुख रेगीना भट्टराई प्रसाइको प्रमुख आतिथ्यतामा भएको रक्तदान उद्घाटनमा दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ ,बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई ,आन्तरिक राजश्व कार्यालय दमकका कर अधिकृत तिलक आले,जीवन चक्र समाज नेपालका अध्यक्ष जीपी गौतम ,नेपाली कांग्रेसका पूर्व नगर सभापति रोशन बिष्ट ,युवा संघका नेता शम्भु भन्डारी, अग्रज रक्तदाता राजकुमार श्रेष्ठ, शिक्षक हरिभक्त सुवेदी लगायतको उपस्थिति रहेको थियो ।
रक्तदानमा कर अधिकृत तिलक आले लगायतले रक्तदान सुरुवात गरिएको रक्तसञ्चार सेवा केन्द्रका प्रर्वतक सिदार्थ दहालले बताए ।रेडक्रस हलमा आयोजित रक्तदानमा ३७ पिन्ट रगत संकलन भएको थियो ।
संगठनकी अध्यक्ष रेवन्ता न्यौपाने बस्नेतको अध्यक्षता तथा सचिव भुमि निरौलाले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published.