ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

पाँचथर, २८ जेठ । पाँचथरको फालेलुङ गाउँपालिका वडा नं ३ नाम्लोवामा हिजो राति भएको ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

शुक्रबार राति १०.४५ बजे तिर भित्रि कच्चि सडक खण्डमा पञ्चमुखी देखि थोक्लेवुङतर्फ जाँदै गरेको प्र.१–०२–००३ त १८५४ नम्बरको खाली ट्रयाक्टर आफै अनियन्त्रित भएर सडकबाट खस्दा ट्याक्टर चालक सोही ठाउँका २२ बर्षिय सुरेश साँवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टर ट्याक्टरले किचेर चालक सावाँको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.