समृद्धिका यी मुख्य ४ आधारहरु

नेपालमा समृद्धिको नारा लगाइएको दशकौं भयो । समृद्धिको नारा लगाएर धेरै पटक दलले सत्तामा पुगेर देश हाके । आप्mनो स्वार्थ राम्रैसँग पुरा गरे । सत्ता स्वार्थले तानिएका नेताले न युवाका कुरा सुने न युवालाई सत्ता दिए, न त विज्ञका कुरा सुने, न अनुभवीका । सुने त खाली दलाल, कमिसनखोर अनि विदेशीका । जसले नेपाललाई राजतन्त्रबाट गणतन्त्रम्म पुर्याउदा जनता आज पनि पीडामै छन् । विश्वका गरिव मुलुक यति नै समयमा धनि अथवा समृद्ध बनिसक्दा नेपालमा भने दशकौं देखि यिनै थोत्रा, असफल नेताको असफल नेतृत्वमा चलिरहेको छ । र, पनि उनीहरु समृद्धिको रटान लगाएर दिउँसै निदाएर राल काडीरहेका छन् ।

नेपालमा वास्तवमै समृद्धि ल्याउने हो भने यी मुख्य ४ कुराको अबलम्बन सक्नु पर्दछ । १, कृषिमा आधुनिकीकरण, यान्त्रीकरण, ठाउँ अनुसारको र उत्पादन हुने वस्तुको सामूहिक खेती अनि नेपालमै मल उत्पादन । २, एक पालिका कम्तीमा एक उद्योग, कृषि उत्पादन संकलन केन्द्र साथमा ब्राण्डीङ अनि धेरै भएको निर्यात । ३, नेपालमा उत्पादन हुने र हुनसक्ने कच्चा पदार्थको पहिचान र उपयोग गरेर, कपडा, जुत्ता, तेल, घरायसी सामान, खेलौना, सेनिटरी प्याड, महिला प्रसाधनका सामान, सजावटका सामान, भान्सामा प्रयोग हुने सामान भाडावर्तनको उत्पादन, औषधि र यस्ता वस्तुलाई आयातमा पूर्ण रोक । साथमा उद्यमी र व्यवसायीलाई पूर्ण सहयोग र प्रोत्साहन । ३, विधार्थीलाई पढदै कमाउदै गर्न सक्ने साना, मझौला, कुटिर उद्योगको स्थापना । हरेक ठाउँमा रहेका खाली जमिनमा विभिन्न कृषि कार्य, विद्यालय र कलेजमा व्यवहारिक ज्ञान सहितको अध्ययन अध्यापन । विदेशमा पढन जाने र उतै वस्ने प्रवृतिलाई निरुत्साहीत गर्न विदेशमा गएर पढन चाहेका विषयको पढाई नेपालमै र साथमा सानोतिनो रोजगारीको प्रत्याभुति पनि । ४, सहज स्वास्थ्य र शिक्षाको पहुच, विधुत उत्पादनमा असाधारण वृद्धि र बौदिक ज्ञानको उपयोग ।

………………………………………………………………………………………………………………………………..

एक पालिका कम्तीमा एक उद्योगको स्थापना । उद्योग भनेको ठूलो वृहत उत्पादन मात्र हुँदैन । ठाउँ र त्यहाँको उत्पादन अनसारको संकलन, प्रसोधन, भण्डारण र वितरण पनि सानो उद्योग नै हो । जहाँ रोजगारी हुन्छ, स्थानिय उत्पादनको बजारीकरण हुन्छ, उत्पादनको मुल्य दिइन्छ, कृषकलाई प्रोत्साहन र सहुलियत दिइन्छ, समयमा मल, बिउ कृषि औजार र परामर्श दिइन्छ, कृषकको मर्म बुझिन्छ, कच्चा पदार्थ भेला पारेर सामान उत्पादन हुन्छ र पैठारी गरिन्छ या स्थानिय ठाउँमा बिक्रि गरिन्छ । यी र यस्ता उद्योग र संकलन केन्द्र त सरकारले चाहेमा देशका जुनसुकै ठाउँमा स्थापना गर्न सक्छ । तलवमात्र खाएर बस्ने धेरै कर्मचारी नेपालमा छन् । उनीहरुलाई आवश्यक सेवा सुविधा दिएर तालिम दिएर हरेक ठाउँमा पठाएर त्यहाँको उत्पादन र सम्वर्दन गर्न गराउन सकिन्छ ।

……………………………. ………………… ………………………….

१, नेपाल कृषिप्रधान देश । यहाँ आज पनि ६० प्रतिशत भन्दा धेरै नागरिक कृषिमै निर्भर छन् । नेपालका हरेक ठाउँमा, हरेक वातावरण र कुनै पनि मौषममा ठाउँ अनुसारको खेती हुन्छ नै । यही हो नेपाल र नेपालीकालागि प्रकृतिको महत्वपूर्ण उपहार । कृषि पेशा गर्न धेरै पढनु पनि नपर्ने थोरै यस सम्बन्धी ज्ञान भए पुग्ने । यसैले पनि होला यो पेशा अपनाउने धेरै भए पनि पछिल्लो पुस्ताले छाडदै गएका कारण आज गाउँ बाझै छ । सरकार भने कृषिमा समृद्धि भनेर एकोहोरो रटान लगाईरहेको छ ।

कृषिमा हिजो र आजको जस्तो परम्परागत कार्यले यसमा वृद्धि असम्भव छ । नेपाल जस्तो सम्भावनै सम्भावना भएको देशमा जुनसुकै कृषि कार्य गर्न सकिन्छ । नेपालको माटोमा जे पनि उत्पादन हुन सक्छ र सहजै निर्यात गर्न सकिन्छ । तराईमा मलिला उर्वर जमीन छन् । खोला, खोल्सी छन् । प्रसस्तै सेपिला र सधै पानी रहने जग्गा छन् । यस्ता ठाउँमा कृषि उत्पादन असाधारण रुपमा गर्न सकिन्छ । चुरेमा पनि प्रसस्तै फलफुल, जडीबुटी उत्पादन हुने ठाउँ छन् । सिङ्गो पहाड सम्भावनाको खानी हो । यहाँ खेती, जडीबुटि, पशुपालन, अमिला गुलिया फलफुल उत्पादनको साथमा भटमास, गाजा, ओखर, आलु, अंगुर, किवी, एभोगाडो, स्याउ लगायतका फलफुुल उत्पादन गरेर प्रसस्तै निर्यात समेत गर्न सकिन्छ । यसरी नै उच्च पहाडी र हिमाली क्षेत्र त झनै सम्भावना बोकेको ठाउँ हो । विश्व पर्यटनलाई आकर्षण गर्न सकिने ठाउँ पनि हो हिमाल र हिमाली क्षेत्र । यो क्षेत्रमा पशुपालन, जडीबुटी, फापर, आलु, कोदो लगायतका कृषि र पशुपालन सामुहिक रुपमा गर्न सकिन्छ । यस्तो फार्म हेर्न र पोसिलो खानेकुरा खान भनेर पनि पर्यटक थपिन्छन् ।

खुसीको कुरा त के हो भने छिमेकी देश चिनले धेरै मात्रामा भटमास आयात गर्छ । नेपालका धेरै ठाउँमा प्रसस्त भटमास उत्पादन हुन्छ । पहाडका पाखामा प्रसस्तै यसको खेती हुन सक्ने अध्यायनले देखाएको छ । सामुहिक रुपमा भटमास खेती गर्न युवावर्गलाई उक्साउने अनि मल र बिउ माटो सुहाउदो दिने हो भने जति उत्पादन भए पनि छिमेकी देशले लैजान्छ । नेपालमा प्रसस्तै सम्भावना भएको अर्को उत्पादन हो गाजा । यसलाई विदेशीको इशारामा होइन नेपाल सरकारले बैध बनाएर निर्यात गर्न सक्छ । विदेशी रक्सी भनेर प्रसस्त आयात हुन्छ । नेपालमै उच्च कोटिको कोदोको रक्सीलाई ब्राण्डीङ गरेर निर्यात गर्न सकिन्छ । नेपालमा सिस्नो प्रसस्त उत्पादन हुन्छ । यसलाई प्रसोधन गरेर विश्व बजारमा पठाउन सकन्छ । पहिले देखिनै अलैची, अम्रिसो, अदुवा, चिया आदि निर्यात हुँदै आए पनि हाल उत्पादनमा कमी, निकासीमा कडाइका कारण निर्यात घट्दै गएका कारण किसान निरास छन् । यो अवस्थामा सुधार ल्याउन नेपाल सरकारले गोजीबाट, दलबाट पठाएका बाणिज्यदुत र राजदुतले के गरिरहेका छन् । किन पैठारीमा समस्या आयो भनेर काम गर्दैनन । यसको अर्थ अध्यायन नभएका, अनुभव नभएका दलका झोला बोक्नेलाई पठाइएका कारण यो समस्या आएको हो ।

नेपालमा चिनी आयात हुन्छ । तर नेपालका उखु उत्पादक कृषक वषौंसम्मको अनुदन र चिनीमिलबाट पैसा पाउदैनन । जसका कारण नेपालमा उत्पादन कम भएको अवस्था छ । तराईमा हजारौं विगाहा जग्गा बाझै छन् । कृषकलाई समयमा भुक्तानी दिएर मल विउ समयमा दिए नेपालाई पुग्ने चिनी नेपालमै उत्पादन सम्भव छ । धान खेतीम कमी आउनुको मुख्य कारण समयमा मल र राम्रो बिउको अभाव अनि कृषि औजारको कमी । साथमा मुल्य निर्धारण र बजारको अस्तव्यस्थता । यो त ठूलो कुरा होइन । ठूलो कुरा त नेपालले वर्षैदेखि मलको उत्पादन भनेर नारा लगायो तर काम गर्न चाहेन । कारण हो मल आयातमा हुने कमिसन । तलदेखि माथीसम्म कमिसन पाउने भएपछि किन नेपालमा उत्पादन गर्ने । तर यदि नेपाल सरकारले चाहेमा र विज्ञको सहयोग लिएर काम गरेमा तीन वर्षमा नेपालमै प्रसस्त मल उत्पादन सम्भव छ र धेरै भएको मल निर्यात पनि गर्न सक्छ । यसकालागि मात्र सरकारले नितिनियम र जग्गा अनि विधुत दिन सक्नु पर्छ । नेपाली कृषक आफैले पैसा जुटाउने छन् । त्याता तर्फ सरकारको ध्यान जानुको सट्टा अरबौको मल आयात गर्नमा उद्धत देखिन्छ । र पनि कृषकले पाउदैनन ।

नेपालमा कृषकहरुले उत्पादन गरेको तरकारी र अन्य वस्तु बारीमै सडेर जान्छ बजार अभावका कारण । सरकार भने तिनै वस्तु आयातमा अगाडी देखिन्छ । जस्तै पहाडी र हिमालै क्षेत्रमा उत्पादन हुने स्याउ उचित भण्डारण र यातायातको कमीका कारण सडिरहेको हुन्छन् हरेक वर्ष । कृषकको गुनासो न कृषि विभागले सुन्छ न स्थानीय सरकारले । हिमाली क्षेत्रमा जहाँ जुन फल उत्पादन हुन्छ ठूला ठूला कोल्डस्टोर बनाइदिएमा पक्कै पनि कृषक आर्कषित हुने र नेपालीले नेपालमै फलेका फल खान पाउने छन् । अझ स्याउ, अंगुर जस्ता पोसिला फलबाट रक्सी बनाएर विदेश निर्यात गर्न सकिन्छ । निर्यात सम्भव नभए यसैलाई देशका हरेक ठाउँमा पुर्याएर विदेशबाट ल्याइने महङ्गा रक्सिमा रोक लगाउन सकिन्छ । कोदाको रक्सीलाई पनि यस्तै गर्न सकिन्छ । पहाडी र तराईका विभिन्न क्षेत्रमा उत्पादन भएका तरकारी र फलफुलले बजार पाउन सकेका छैनन् । दुधले राम्रो बजार पाउन सकेको छैन् । कृषि ज्ञानकेन्द्र र स्टोरेज, चिस्यान केन्द्र छैनन् । प्राविधिक छैनन् । आधुनिक कृषिबारे ज्ञान छैन् । यी कुराहरु हरेक ठाउँमा भए नेपाल केहि वर्षमै कृषिमा आत्मनिर्भर हुन सक्छ ।
पशुपालनको नेपालभरिनै सम्भावना छ । बाख्रा, कुखुरा, हास, माछा, बंगुर, विभिन्न पंक्षी, गाई भैसी जे पालन गरे पनि उपयुक्त हावापानी नेपालमा छ । हरेक वर्ष भारत र चिनबाट खसीबोका च्याङ्ग्रा आयात हुन्छन् । मासुकलागि रागाभैसी आयात हुन्छन् । थोरै प्रोत्साहन गर्नसके त केहि वर्षमै आयात होइन निर्यात गर्न सकिन्छ वर्सतै की दलका झोला बोकेर हिँड्ने लाखौं कार्यकर्ता र नेता स्यमले लगानी गर्नुपर्छ । कागजमा पशुपालन देखाएर, कृषि देखाएर सरकारी पैसा खाने परिपाटी भने दल र नेताले नै पूर्ण रुपमा अन्त्य गर्नु पर्छ । आजसम्म कागजमा कृषि र पशुपालन देखाएर पैसा पचाउने परिपाटीले आजको अवस्था आएको हो । सिचाइको क्षेत्र त्यस्तै अस्तव्यस्त छ । किसानले सिचाई प्रयाप्त नपाएका कारण चाहेजति उत्पादन निकाल्न सकेका छैनन् । भाषण ठूलाठूला तर काम भने कागजमै र कमिसनमै सिमित भएका कारण विश्वमै पानीमा दोस्रो धनि देशका नागरिक पानी नपाएर बसाइसराई गर्न छन् ।

२, एक पालिका कम्तीमा एक उद्योगको स्थापना । उद्योग भनेको ठूलो वृहत उत्पादन मात्र हुँदैन । ठाउँ र त्यहाँको उत्पादन अनसारको संकलन, प्रसोधन, भण्डारण र वितरण पनि सानो उद्योग नै हो । जहाँ रोजगारी हुन्छ, स्थानिय उत्पादनको बजारीकरण हुन्छ, उत्पादनको मुल्य दिइन्छ, कृषकलाई प्रोत्साहन र सहुलियत दिइन्छ, समयमा मल, बिउ कृषि औजार र परामर्श दिइन्छ, कृषकको मर्म बुझिन्छ, कच्चा पदार्थ भेला पारेर सामान उत्पादन हुन्छ र पैठारी गरिन्छ या स्थानिय ठाउँमा बिक्रि गरिन्छ । यी र यस्ता उद्योग र संकलन केन्द्र त सरकारले चाहेमा देशका जुनसुकै ठाउँमा स्थापना गर्न सक्छ । तलवमात्र खाएर बस्ने धेरै कर्मचारी नेपालमा छन् । उनीहरुलाई आवश्यक सेवा सुविधा दिएर तालिम दिएर हरेक ठाउँमा पठाएर त्यहाँको उत्पादन र सम्वर्दन गर्न गराउन सकिन्छ ।

पञ्चायतको समयमा धेरै उधोगधन्दा खुले । देशकै उत्पादनले राम्रो बजार पाएको थियो । आयात कम थियो । सरकारी स्तरबाट धेरै रोजगारी श्रृजना भएका थिए । आज तिनै उधोग पनि अस्ताएको अवस्थामा छन् । धेरै बन्द छन् चलेका पनि धेरै घाटमा छन् । सरकार भन्छ आयात प्रतिस्थापन गर्ने तर उत्पादन सरकारी तर्फबाट शुन्य छ । कमसे कम संरचना भएका औजार भएका यस्ता बन्द उधोगलाई संचालनमा ल्याउन नयाँ सृजना भन्दा कम खर्च पर्छ । त्यता तर्फ सरकारको ध्यान खोई ? साञ्चै समृद्धि ल्याउने हो भने पहिलो प्राथमिकता यस्ता उधोग पुनः सञ्चालनमा ल्याउनु पर्छ । अहिलेको अवस्थामा धेरै कुरालाई छाडेर उद्योग सञ्चालनमा ल्याउन सकेमात्र विदेशिने कम हुन्छन् अझ पढन विदेशिनेलाई यतै पढदै कमाउदै गर्न सहज हुन्छ र युवा पुस्ता नेपालमै बस्न रुचाउछन् ।

एउटा विज्ञहरुको अध्ययन टोली बनाएर के के आजका मानिसको माग छ र ती चिज नेपालमै उत्पादन गर्न कसरी सकिन्छ ? भन्ने बारेको अध्ययन हुनु पर्छ । आजको माग भनेको पुरुषमा भन्दा महिलामा धेरै देखिन्छ र उत्पादन गर्न पनि सहज नै छ । जस्तै केटाकेटीलाई चाहिने डाइपर, महिलालाई चाहिने उच्च स्तरको सेनीटरी प्याड, प्रसोधनका सामान, भित्री ब्रस्त्र जसको असिमित आयातले ठूलो व्यापार घाटा छ । नेपालमा उत्पादन सुरु गरेर आयातमा कडाई गरे त आफै स्वदेशी प्रयोग वढेर जान्छ । यहाँ त स्वदेशी माललाई भन्सारको लोभमा ल्याउन छुट छ अनि नेपाली उत्पादन राम्रो र स्तरिय भए पनि पछाडी परिएको छ । नेपाली पैसालाई नेपालमै राख्न सिमा क्षेत्रमा हुने सामान र खाध्यवस्तु ओसर पसार बन्द गरिनुपर्छ । विहान देखि बेलुका सम्म अझ कुरियरको सहयोगमा विना भन्सार सामान नेपाल आउँछ । चाहिने भन्दा कयौं गुण वढी सामान नेपाल आउछ । आखिर जान्छ कहाँ ? अनि यस्ता सानासाना चुहावट व्यापार घाटाका कारणहरु हुन् । अनि नेपाली सामान उत्पादन कर्तालाई खोई प्रोत्साहन, छुट अनि ब्राण्डीङ र नेपाली उत्पादनको उपभोगमा नेपाली नेता र उनका परिवारको सपोर्ट ?

बजेटमा मेड इन नेपाल भनिन्छ तर कुन नेता र उनका परिवार अनि उच्च पदस्थ कर्मचारीले नेपाली उत्पादन उपयोग गरेको देखिन्छ । नेपाली उत्पादन स्तरिय भएर पनि विदेशी नै उपयोग गरिएको देखिन्छ । केहि वर्ष अघि सुरक्षकर्मीले लगाउने पोशाक नेपालमै उत्पादन सुरु भयो । आज आयात घटेको छ । अब कर्मचारीलाई पनि अनिवार्य गर्ने हो भने र उत्पादन सुरु गर्ने हो भने असम्भव छैन । नेपाली उत्पादन र नेपाली पोशाकलाई प्रर्वदन गरेमा विश्वमा रहेका नेपालीले पनि पोशाक मगाउनेछन् । विस्तारै अन्य कुरामा पनि उत्पादन वढाउन सके आयात कम गर्न सहजै सकिन्छ । नेपालमा धरै युवा बैज्ञानिकले मोटरसाइकल, साइकल, चारचक्के सवारी, अस्पतामा चाहिने उपकरण र अन्य विधुतिय सामान बनाउन सकिने अनुसन्धान गरेका छन् । उनीहरुलाई प्रोत्साहन अनि सहयोग खोई ? अनुसन्धान केन्द्रलाई सहयोग र प्रोमोसन खोई ? कृषि बैज्ञानिकका अनुसन्धान र खोज कता हराए ? विदेशी र कमिसनको प्रभावमा स्वदेशी उत्पादन रोकेर समृद्धि खोज्दा पाइन्छ ?

नेपालमा बन क्षेत्र धेरै छ । बन पैदावारले देशको धेरै भार कम गर्न सघाएको छ विशेष गरेर बन क्षेत्र आसपासमा बसोबास गर्ने नागरिकको । बनमा लाखौ रुख सुकेको अवस्थामा छन् । भूइमा काटेर राखिएका र सडेर गएका र जाँदै गरेका अरबौंका काठ छन् । तर सरकार यी सबै काठ सडन दिएर अरबौको काठ आयात गर्न नागरिकलाई बाध्य पार्छ । म एउटा सानो उदाहरण दिन्छु । म आफुले काठमाडौँमा सानो घर बनाउन विदेशबाट काठ मगाउनु पर्यो । नेपालकै काठ प्रयोगमा ल्यान खोज्दा दाम दोब्बर भन्दा धेरै पर्ने रहेछ । त्यो पनि सहज रहेनछ । विदेशको काठ सस्तो, नेपालको महंगो अनि अरबौको काठ जङ्गलमा सडिरहेका । यही हो, समृद्धिको आधार ? देशभरी रहेका वुढा रुख काटेर त्यहाँ नयाँ रोपेर नेपालको निमार्ण क्षेत्रमा विदेशको भन्दा सस्तो रेटमा दिने र निर्यातमा पनि सस्तो गरिदिने हो भने नेपाललाई समृद्ध बनाउन जङ्गल पहिलो नम्बरमा पर्छ ।

नेपालमा केहि विदेशी र धेरैजसो स्वदेशी उद्योगपतिले उद्योगधन्दा चलाईरहेका छन् । के उनीहरुले सहजै कच्चा पदार्थ र प्रयाप्त विजुली अनि सहज बजार पाएका छन् ? केहि कम्पनीले विभिन्न विज्ञापन बजाएर बजार ओगटेका छन् तर राम्रो उत्पादन गर्ने कम्पनीलाई विनाविज्ञावन बजार सहज छ त, छैन । नेपालमा उत्पादन गरिएका वस्तुको धेरै विज्ञापन भएका कारण महंगो भएको हो । विदेशी आयातलाई रोक्ने हो भने र अनावश्यक विज्ञापन भन्दा गुणस्तर राम्रो बनाउने हो भने सबैले सहज बजार पाउँछन् । उदाहरणको लागि नेपालमा पनि राम्रो र स्तरिय सेनिटरी प्याड बनिन्छ तर विदेशी विज्ञापन र राजस्वको लोभमा नेपालको उत्पादनलाई कमसल बनाउन लागिपरेको सरकार र उपभोत्ताले कसरी नेपाली उत्पादन र नेपाली उधमीलाई सहयोग गर्लान ? साञ्चै नेपाली उत्पादनलाई वढाउने हो भने धेरै प्रकारका महिला प्रसाधन र पुरुषका उपयोगी सामान नेपालमै बन्न या उत्पादन हुन थालेका छन् । यस्ता सामग्रीको उपभोग हामी सबैले गर्नुपर्छ । र नेपाली उत्पादन कर्ता सबैलाई सरकारले सबै आवश्यकता पूर्ति गर्न सक्नु पर्छ । कमिसनको लोभमा परेका कर्मचारी र नेताले यस्ता उधमी र उल्म खोल्न चाहनेलाई सुरुमै कमिसन मागेर काम रोकपछि नेपाली विदेशीन बाध्य छन् ।

अर्को कुरा, आज सबैजसो विश्वविध्यालयमा ताला लागेका छन् । यसको मुख्य कारण ठूला पोष्टमा नियुक्ति हुनलाई दल या मन्त्रिलाई दाम चढाएर नियुक्ति पाउँनु हो । त्याृे पदमा पुगेर त उसले कमाउनु पर्यो । अनियमिततता नगरे कसरी उकास्ने दिएको रकम ? त्यसैले आज शिक्षामा सबैभन्दा धेरै बेतिथी छ । यसलाई कसले सम्बोधन गर्ने, कसले यस्ता स्वार्थलाई हटाउने । विधार्थीलाई दलका झोला बोकाएर त्यहा पनि राजनीति लादिएको छ । पढने उमेरमा कुरुप राजनीति सिकाइन्छ । अनेक सघं संगठन खोलिएको छ । कलेजबाटै घिनौलो राजनीति सिकेको त्यो बबुरो विधार्थीले जहिले पनि त्यस्तै त गर्ने हो जसका गुरुले गरिरहेका छन् । अनि शिक्षामा सुधार कहाँ हुने कसले गने ? यसकालागि पहिलो कुरा यस्ता राजनीतिक संघ संगठन विश्वविद्यालयहरुमा र कलेजमा खोल्न रोक लगाउनै पर्छ । विद्यार्थीको हकहितकालागि एउटै विधार्थी संगठन भए पुग्छ । विश्वविधालयमा योग्य अनुभवी र दल भन्दा माथी रहेको स्वच्छ व्यक्तिलाई विना पैसा नियुक्त गरेमा मात्र उसले काम गर्ने अवसर पाउँछ र शिक्षमा सुधार आउँछ । विभिन्न विज्ञ टोली गठन गरेर सम्भावना र विकासका बारेमा विश्वविधालयमा बहस गराइनु पर्छ र राम्रो सुझाव पाउन सकिन्छ । यसकोलागि त पहिले राजनीतिक दलले काम गर्नुपर्छ । तर, यहाँ त यस्तो सम्म्भावना नै देखिदैन ।

३, नेपालमा विश्वविद्यालय र अस्पतालको कमी छैन । तर पनि नेपालीहरु किन विदेशमा उपचार गर्न जान्छन् उच्च शिक्षाकालागि विदेशिन भन्दै मरिहत्ते गर्छन ? पहिलो उपचार राम्रो नपाएर, विश्वास नभएर या गुमाएर । अस्पतालहरु धेरैजसो पैसा कमाउन खोलिन्छन् अनि नन मेडिकल व्याक्तिहरुले खोल्छन् । उनीहरु रातारात पैसा कमाउन चाहन्छन् । संसारमा एउटा मात्र यस्तो पेशा हो जसमा ७५ प्रतिशत सेवा र २५ प्रतिशत मेवाको आशा गरिन्छ । तर यहाँ त छोराछोरीलाई जबरजस्ती मेडिकल शिक्षा पढाइन्छ । घर जमिन बेचेर पढाइन्छ । डाक्टरको डिग्री लिइसक्दा उसमाथी थुप्रै आशा र भरोसा रहन्छ । राम्रो सेवामा भन्दा राम्रो मेवामा लाग्न बाध्य हुन्छ । बिचरा डाक्टर विवस हुन्छ । कसरी पैसा कमाउन सकिन्छ भनेर दिनरात विभिन्न अस्पतालमा पुग्छ । उसले कताबाट पैसा धेरै आउछ त्यतै र त्यसै गर्छ । कमजोर डाइगनोसिस, कमसल प्रयोगशाला अनि डाक्टरको पैसा मोह सबै विरामीमा थोपरिन्छ । विरामीले न भरपर्दो उपचार पाउँछ न त राम्रो सल्लाह नै । यसले गर्दा रिन गरेर भए पनि विदेश विशेष गरेर भारतका नाम चलेका अस्पतालमा पुग्छन् नेपाली विरामी र उपचार पनि राम्रो पाउछन् ।

सरकारले सरकारी अस्पताललाई अब्बल बनाउन नसक्दाका परिणम हुन यी । सरकारको पैसामा पढेका डाक्टर उपत्याका बाहिर नजाने, मिलाएर विदेश जाने, हरेक शनिवार या छुट्टीका दिनमा उपत्यका बाहिर गएर मिनेट मिनेटमा विरामी जाँचेर लाखौं लिएर घर फर्किने । फार्मेसी र प्रयोगशालाबाट सक्दो कमिसन लिने । फामेर्सीले भनेको औषधी लेखिदिने अनि विरामीलाई दोहोरो मारमा पार्ने । विशेषज्ञ भनिएका डाक्टरको यो छ नियती अनि कसरी विरामीले पाउने राम्रो सेवा ? साच्चै उपचार सेवा राम्रो बनाउने हो भने एउटा अस्पतालले एक या दुई प्रकारका रोगको पूर्ण सेवा दिने, डाक्टरले बाहिर गएर विरामी जाच्न नपाउने । अतिरिक्त सेवा त्यही अस्पतालमा दिने व्यवस्था मिलाउने । सरकारी चिकित्सक निजीमा विरामी जाँच्न जान नपाउने, निजी अस्पतालको सेवामा पनि निगरानी गरेर विरामीलाई कसरी ठग्ने काम भएको छ । हरेक ठाउँमा नागरिक सुनुवाई र सुझाव अनि सरकारले यसको टोली बनाएर तुरुन्त एक्सन लिने व्यवस्था गरेमा मात्र सहज हुन्छ । देशका कुनकाप्चामा रहेका सरकारी अस्पतालमा न उपकरण छन् न डाक्टर छन् । अनि त्यहाँका विरामी कहाँ जाने स्वतह निजीमा । निजीले सक्दो पैसा लिएर उपचार गर्छ त्यो पनि उनै डाक्टरबाट जो इच्छाले नभएर परिवारको दबाबमा पढेका छन् अनि पैसाकालागि उनीहरु रातदिन विभिन्न अस्पतालमा धाउछन् । उसले त पक्कै पनि आफुलाई कति आउछ भन्ने पहिलो सोच्छ र मात्र विरामीको सोच्छ जसका कारण उपचारमा र रोग पत्ता लगाएर सहि औषधी या सल्यक्रिया गर्ने कुरामा कमजोर पाइन्छ । यसका कारण विदेशमा नेपालका धेरै अस्पतालका र डाक्टरका प्रिस्क्रिप्सन गलत सावित हुन्छन् । यस्तो कार्यले स्वास्थ्यमा सुधार आउला ? यसकालागि त एकिकृत उपचार प्रणाली अपनाउनु पर्छ । आयुर्वेद, होमियोप्याथिक लगायतका प्राकृतिक उपचारलाई सरकारी र नीजि अस्पतालमा अबलम्बन गरिनु पर्छ । हरेक कठिनरोगको छलफल हुनुपर्छ ।

सामुहिक रुपमा छलफल गरेर मात्र औषधी लेख्नु पर्छ । दुरदरनजमा बस्ने विरामीलाई सकेसम्म त्यही उपचार दिनसके शहरमा अस्पताल खुल्ने क्रम घटेर जान्छ । विरामीलाई उपचारमा विस्वास दिन सक्नु पर्छ । उसको अवस्था हेरेर चिकित्सकले कम खर्चिलो उपचार गरिदिनु पर्छ । चिकित्सकले सबैखाले चिकित्सा प्रणाली सग समताको व्यवहार गर्नुपर्छ । विरामीलाई अन्य चिकित्सा प्रणलीमा पनि जान सकिने सल्लाह दिएमा धेरै प्रकारका रोग र रोगीले सहजै उपचार पाउन सक्छन ।

नेपालमा २० वटा मेडिकल कलेज संचालनमा छन् । हरेक वर्ष कम्तीमा १२०० डाक्टर फिल्डमा पुग्छन् । तर दुर्गममा एउटा पनि डाक्टर भेटिदैनन । आखिरी ति डाक्टर कहाँ जान्छन् त ? कित सहरमा कित विदेशमा । अनि कसरी राम्रो सेवा पाउँछन् विरामीले ? अर्को कुरा नेपालका सरकारी अस्पतालमा डाक्टरको कमी छ । समय सापेक्ष र विरामीको चापका आधारमा दरवन्दी वढाउनुको साटो भएका दरवन्दी पनि खाली हुन्छन् । अनि कहाँबाट शिक्षा र स्वास्थ्यमा आउँछ समृद्धि ? अनि नेता र सरकारी मान्छेले नेपालकै सरकारी अस्पतालमा या निजमिै भए पनि उपचार गराउनै पर्नै नियम बनाएमा मात्र सुधार सम्भव छ ।

नेपालमा केहि विदेशी र धेरैजसो स्वदेशी उद्योगपतिले उद्योगधन्दा चलाईरहेका छन् । के उनीहरुले सहजै कच्चा पदार्थ र प्रयाप्त विजुली अनि सहज बजार पाएका छन् ? केहि कम्पनीले विभिन्न विज्ञापन बजाएर बजार ओगटेका छन् तर राम्रो उत्पादन गर्ने कम्पनीलाई विनाविज्ञावन बजार सहज छ त, छैन । नेपालमा उत्पादन गरिएका वस्तुको धेरै विज्ञापन भएका कारण महंगो भएको हो । विदेशी आयातलाई रोक्ने हो भने र अनावश्यक विज्ञापन भन्दा गुणस्तर राम्रो बनाउने हो भने सबैले सहज बजार पाउँछन् । उदाहरणको लागि नेपालमा पनि राम्रो र स्तरिय सेनिटरी प्याड बनिन्छ तर विदेशी विज्ञापन र राजस्वको लोभमा नेपालको उत्पादनलाई कमसल बनाउन लागिपरेको सरकार र उपभोत्ताले कसरी नेपाली उत्पादन र नेपाली उधमीलाई सहयोग गर्लान ? साञ्चै नेपाली उत्पादनलाई वढाउने हो भने धेरै प्रकारका महिला प्रसाधन र पुरुषका उपयोगी सामान नेपालमै बन्न या उत्पादन हुन थालेका छन् । यस्ता सामग्रीको उपभोग हामी सबैले गर्नुपर्छ । र नेपाली उत्पादन कर्ता सबैलाई सरकारले सबै आवश्यकता पूर्ति गर्न सक्नु पर्छ । कमिसनको लोभमा परेका कर्मचारी र नेताले यस्ता उधमी र उल्म खोल्न चाहनेलाई सुरुमै कमिसन मागेर काम रोकपछि नेपाली विदेशीन बाध्य छन् ।

हरेक १६ या १८ वर्ष पुगेका युवा युवती आफै केहि गरेर या थोरै भए पनि कमाएर आप्mनो खर्च आफै निकाल्न चाहन्छन् । पढाइलाई निरन्तरता दिन र आफुले चाहेको विषय पढन चाहन्छन् । आजको समय अनुसारको शिक्षा लिन चाहन्छन् र आप्mनो खुट्टामा आफै उभिन चाहन्छन् । आजका युवाले विदेशमा गएर के पढिरहेका छन् र किन विदेश जान चाहन्छन भन्ने कुराको कहिल्यै खोजी भएन । कारण सोध्ने साहस कसैले गरेन । किनभने पासपोर्ट बेचेर सरकारलाई मनग्ये आम्दानी भइरहेको छ । उ त यस्ता युवा र पढेलेखेका विदेशै जाउन भनेर चाहन्छ । किनभने यस्ता युवा राजनीतिक दलको झोला बोकेर जीवन वर्वाद गर्दैनन् । उनीहरु यता रहे भने युवालाई मत दिन्छन् हामी जस्ता असफल र वुढालाई दिदैनन र हाम्रो एकाधिकार समाप्त हुन्छ भन्ने बुझेका छन् । जसका कारण काठमाडौंका गल्लीगल्लीमा विदेश पठाउँने सम्पर्क कार्यलय र कन्सल्टेन्सी खुलेका छन् । शिक्षा मन्त्रि र विश्वविधालयका कर्मचारी त्यही साइनबोर्ड हरेर पढेर अफिस जान्छन् । बरु आप्mनो सन्तानलाई कसरी कम पैसा तिरेर विदेश पठाउन सक्छु भनेर मग्न हुन्छन । तर, यी युवाले के पढन विदेश जाँदै छन् किन हामी उनीहरुले पढन चाहेको विषय यतै पढाउन नथाल्ने भनेर विचार गर्दैनन ?

कसरी हुन्छ आप्mना छोराछोरी उतै कमाउन थाले र पिआर लिनसके भने आफु यता उता दुबैको नागरिक भएर घुम्न पाइन्छ भन्ने सोचमा छन् । अब भनौ कसरी देशले तरक्की गर्छ ? कसरी वौदिक विकास र उपयोग नेपालमा हुनसक्छ । नेपालमा विकास भएको बौदिक ज्ञान विदेशी मुलुकले सित्तैमा पाएपछि किन स्टडी भिसा र पिआर दिदैनत ? अब पनि राम्रो उपाय ननिकालेर रोजगारी श्रृजना नगरेर उनीहरुले चाहेको पढाई नेपालका विश्वविध्यालयमा सुरु नगर्नै हो भने हाम्रो देश नयाँ पुस्ताविहिन हुन लामो समय लाग्दैन । त्यसैले यति धेरै विश्वविध्यालयका प्रागिकहरुले मन्थन गरेर काम अगाडी वढाउन ढिलो गर्नु हुँदैन ।

४, शिक्षा र स्वास्थ्य सबै नेपालीको पहुचमा कहिले पुग्ने ? पैसा हुनेले महँगो शिक्षा लिन्छन् । डाक्टर, इन्जिनियर बन्छन् अनि सरकारको लगानीमा पढेकाहरु विदेशमा बौदिक ज्ञान बेच्छन । यसबाट नेपाललाई के प्राप्त भयो ? थोरै पढने कमजोर आर्थिक अवस्था भएकाहरु घर खेत धितो राखेर नेपाली दलाललाई धेरै पैसा बुझाएर खाडी मुलुकमा श्रम बेच्न पुग्छन् । उमेर र स्वास्थ्य राम्रो हुन्जेल उतै बस्छन् । थोरै कमाउछन् । त्यसमा कतिले ज्यानसम्म गुमाउछन् । यता घर बिग्रिएर चौपट्ट । समय र बल हुन्जेल विदेशमा श्रम बेचेको उसले नेपाल आएर कमाएको पनि उपचार र सानो घर बनाउदैमा सक्छ । अनि कसरी नेपालमा समृद्धि आउँछ ? अबको आवश्यकता भनेको सबैले सहज पढन पाउन कलेजहरुलाई सरकारीकरण गरिनु पर्छ । मेडिकल, इन्जिनियर लगायतका कोर्स पढन करोड होइन धेरै भन्दा केहि हजार या लाखमा सकिनु पर्छ । सरकारी कर्मचारीले पाउने सेवासुविधा राम्रो दिनुपर्छ र काम र जिम्मेवारी दिन सक्नु पर्छ । दलका झोला बोकेका भरमा सरुवा वढुवा अनि दुर्गममा नजाने प्रवृतिको अन्त्यगरिनु पर्छ । क्षमता र कार्यसम्पादनका आधारमा वढुवा सरुवा गरेमा मात्र कर्मचारीको मनोबल उच्च रहन्छ र सकारातमक परिवर्तन आउने गरि उसले काम गर्छ । कर्मचारी संख्या कामका आधारमा राख्नु पर्छ नकि सोर्सका आधारमा ।

विधुत उत्पादनका नाममा खोला ओगटेर बस्ने व्याक्ति, कम्पनी, नेता, विदेशी धात्री निकायलाई जरिवाना गरेर काम फत्ते गर्नै पर्ने समय तोकेर सरकारको पूर्ण सहयोग हुन पर्छ । नेपालमा प्रयाप्त विधुत भए विभिन्न उधोग, मल कारखाना, अन्य उधोग व्यवसाय फस्टाउछन् । पेट्रोलियम पदार्थको आयातमा कमि आउछ । तर यहाँ त कमिसन र काम टाङ्ग्ने सरकारी रवैयाका कारण नेपालले विधुत उत्पादा सुरु गरेको सयवर्ष पुरा हुँदा पनि नेपाली अध्यारोमा बस्न बाध्य छन् । यसको समुल अन्त्य गर्न कुलमान घिसिङ मात्र एक्लैले हुँदैन सरकार र सरोकारवाल सबैले मिलेर काम गर्नुपर्छ । सबैले अब देश बनाउने अभिभारा मेरो पनि हो भन्ने कुराको आत्मसाथ गर्नुपर्छ । सरकार निजीक्षेत्र मतदाता, सुभेच्छुक सबैको कुरा सुनेर काम गरेमा नहुने के छ र ?

अन्त्यमा, नेपाल विश्वमै सुन्दर, धार्मिक तथा आध्यात्मिक केन्द्र रहेको देश हो । यो देश आफै सुनको कटौरा जस्तो छ । अमुल्य छ । यहाँ विश्मा पाइने सबै हावापानी र आवश्यकीय वस्तु र हिमालबाट बगेको मिठो पानी छ । यो पानी मात्र पनि विदेशमा प्याकिङ गरेर पठाउने हो भने धेरै आर्जन गर्न सकिन्छ । यहाँको माटोमा सुनदेखि नुनसम्म पाइन्छ । अरु बहुमुल्य पदार्थ पाइन्छन् । तर सबै गर्भमै छन् । नेपाल आमाका काखमा पाइने वस्तुको केहि प्रतिशत मात्र पनि निर्यात गर्नसके समृद्धि टाढा छैन् । धार्मिक र पर्यटकिय स्थानहरुको प्रचापसारमा थोरै अरु लाग्ने हो भने विश्वका मानिसको आगमन हुनसक्छ । विजुली निकाल्न त्यतिकै सम्भावना छ । जडीबुटी, पशुचौपाया, चरा, हिमाल, ताल तलैया जडीबुटी यी सबै नेपाल आमाले निशुल्क दिएकी छन् । मात्र इच्छा शक्ति र नेतामा इमान्दारिताको खाँचो छ । अनि हामी मतदातामा पनि युवा र क्षमता भएका नेतृत्वकर्तालाई चुनावमा मत दिने र असफल भइसकेका नेतालाई घर बस्ने व्यवस्था गर्नु आवश्यक छ । यसेको केहि उदाहरण हो बालेन, हमाल, हर्क जस्ता युवा र क्षमतावानको उदय । त्यसैले हामी पनि जिम्मेवार हुनपर्छ र गफ होइन योजना बनाएर काममा लाग्नु पर्छ । नेपाल आमलाई सुन्दर, सक्षम र विकसित बनाउन योगदान गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published.