ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

दमक,१५ चैत । ट्रकको ठक्करबाट झापाको बुद्धशान्तिमा एक जना मोटरसाईकल चालकको मृत्युभएको छ । बुद्धशान्ति -१ स्थित पुलचोकमा भएको दुर्घटनामा परेर गएराति मोटरसाइकल चालक बुद्धशान्ति ४ का २५ बर्षिय अन्जन फागोको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोमबार राति मेची राजमार्ग अन्तर्गत सो सडक खण्डमा दक्षिणबाट उतर तर्फ जादै गरेको ना ३ ख ५४६२ नम्बरको ट्रकमा सोहि दिशाबाट जादै गरेको नम्बर प्लेट नभएको क्रस फायर मोटरसाइकल ठोक्किदा त्यसमा सवार फागोको उपचारका क्रममा मृत्यु भएको हो ।

ट्रकलाई ओभर ट्याक गर्ने क्रममा ट्रकको पछाडी पट्टिको चक्कामा परेर दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । सो क्रममा गम्भिर घाईते फागोको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published.