
पथरीशनिश्चरे, १४ चैत । मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले निर्माणाधिन किरात भाषा पाठशालाको अनुगमन गरेकी छन् ।
वडा नम्बर ८ शान्तिचोकस्थित किरात माङ्हिमअन्तर्गत निर्माणाधीन उक्त पाठशालाको भवन निर्माणका लागि निर्वाचन क्षेत्र नम्बर ३ का सांसद तथा पूर्व मन्त्री भानुभक्त ढकालमार्फत १० लाख रुपैयाँ विनियोजन भएको थियो।
हाल ३२ जना अध्ययनरत उक्त पाठशालाको निर्माणाधिन भवनको अनुगमन सहित पाठशालाबाट अध्ययन अध्यापन कार्यको निरीक्षण गरिएको छ । अनुगमनका क्रममा उनले माङ्हिम निर्माण समिति तथा त्यहाँका सरोकारपक्षहरुसंग निर्माणका बिषयमा संक्षिप्त अन्तरकृयासहित जानकारी समेत लिएकी थिईन् ।