किशोरकिशोरीमा देखिने परिवर्तन र गर्नुपर्ने व्यवहार

मानिस लगायत संसारका सबै प्राणी र वनस्पतिमा उमेरसँगै परिवर्तन आउँछ । यही परिवर्तनले वंश विस्तारको क्रम चल्दै आएको सर्वविदितै छ । हामी पनि कुनै समयमा साना थियौ, आज वयस्क छौ, भोलि बुढाबुढी हुन्छौ र विस्तारै यस संसारलाई छोडेर जान्छौ । अजम्बरी कोही छैनौँ । र अजम्बरी हुन्छु भनेर प्रकृतिको विरुद्धमा जान पनि सकिदैन । जो जान्छ अकालमै ज्यान गुमाउँछ । त्यसैले हामीले हरेक कुरालाई प्रकृति सङ्गत स्वीकार्नु पर्छ । यही स्वीकार्ने पद्धतिनै हाम्रो उमेर अनुसार शरीरमा देखिने परिवर्तन र स्वभाव आदि हुन् ।

विधाता अर्थात प्रकृतिले हरेक प्राणी र वनस्पतिलाई प्रकृति प्रद्धत बनाएको छ । शरीरको बनावट र अङ्गको विकास शरीरको आवश्यकता अनुसार बनाएको हुन्छ । जसरी बारीमा रोपिने बिउ एकै प्रकारका हुन्छन् तर बोट केही फरक हुन्छ । कुनैमा धेरै दाना लाग्छन्, कुनैमा थोरै । कुनै अग्ला बोट हुन्छन्, कुनै होचा । तर गच्छे अनुसारको फल सबैमा लाग्छ । त्यस्तै हो हामी मानिसको शरीर पनि । आमा र बुबाको सुक्ष्म अङ्शबाट निर्माण सुरु भएको हाम्रो शरीरमा वहाँहरुको गुण रहेको हुन्छ । जसलाई वङ्शानुगत गुण भनिन्छ । यसै कारणले हामी सबै एकै अनुहार, स्वभाव र विचारका हुँदैनौं । जसरी हाम्रो शरीर एकै प्रकारको हुँदैन त्यसरी नै हामी हरेक मानिसको स्वभाव, गुण, वृदि विकासमा केही फरक हुन्छ । यो हाम्रो वरिपरि रहेको वातावरण, खानपान र मुख्य गरेर वङ्शानुगत संरचनाको परिणति हो । त्यसैले हामीले हाम्रो शरीर अनि शरीरको जस्तोसुकै बनावटलाई पनि सहर्ष स्वीकानु नै पहिलो काम हो । ठूलो, अग्लो, सानो, होचो, कालो गोरो अदि हाम्रो पुर्खाको प्रभाव हो । यसमा साथ दिन्छ वरिपरिको वातावरण, खानपान, व्यायाम अनि सोचले । तपाई आज जे सोच्नु हुन्छ र सोच अनुसार काम गर्नु हुन्छ, भोली त्यस्तै बन्नु हुन्छ भने झै हाम्रो वङ्श र वातावरण अनि खानपान अनुसार हाम्रो विकास र परिवर्तन हुन्छ ।

हाम्रो मानव शरीरको बनावट अन्य प्राणीको भन्दा भिन्न र विशिष्ट प्रकारबाट तयार भएको छ । पहिलो उपहार त दुई खुट्टा टेकेर हिँड्ने हामी मानव मात्र हौँ । विशिष्ट प्रकारको मस्तिष्क विकासका कारण हामी सभ्य, करुणाका खानी, सामाजिक अनि सु–सस्कृत जीवनयापन गर्न सक्छाँै । मानिस बाहेक अरु जनावर अझै पनि जङ्गलमै छन् । तर मानिसले मस्तिष्कको प्रयोग गरेर आज संसारमा कति परिवर्तन गरिसक्यो जसको भुक्तभोगी हामी मानिस नै हौँ । ज्ञानको प्रयोग गरेर संसारमा यस्ता चमत्कार ल्याउने मानिस एकै पटक सबै ज्ञान लिएर आएको हुँदैन । शरीरको विकाससँगै उसले जान्दै सिक्दै जान्छ र काम गर्छ अनि जीवन सहज बनाउछ । यही क्रममा मानिसको उमेरको सबै भन्दा महत्वपूर्ण समय भनेको शारीरिक परिवर्तनको अवस्था हो । यो भनेको व्यक्ति अनुसार ११ वर्ष देखि १६ वर्ष सम्मको हुन्छ । कसैमा यो भन्दा अगाडी या पछाडी देखापर्नु अपबाद हुन्छ र संसारमा यस्ता घटनाहरु धेरै देख्न सकिन्छ । जस्तै १० वर्षकी बच्ची आमा बनेकी या १० वर्षको बच्चो बाबु बनेका या ६० वर्ष नाघेकी महिला गर्भवती हुनु जस्ता थुप्रै रोचक या प्राकृतिक नियम भन्दा केहि फरक तर सत्य घटना बाहेक अधिकाङ्श हाम्रो शरिरमा देखिने परिवर्तनहरु यही किशोर किशोरी उमेरमै विकास हुन्छन् । आप्mनो शरीरमा देखिएका परिवर्तन जस्तै पुरुषमा दाह््ी जुगा देखापर्नु, यौन अंग वरिपरि र शरीरमा रौँ आउँनु, स्वर धोद्रे भएर जानु । हलक्क वढ्नु, स्वभावमा परिवर्तन आउनु, अण्डकोष तलझर्नु र वढ्नु, लिङ्गको आकार वढ्नु, विपरीत जाती (स्त्री) तिर ध्यान आकर्षित हुनु, मनमा अनेकन कुराहरु, जिज्ञासा, यौनबारे चासो देखापर्नु र स्वपन दोष हुनु आदि प्रौढ किसोर अवस्था भएको सङ्केत हुन् ।

हाम्रो मानव शरीरको बनावट अन्य प्राणीको भन्दा भिन्न र विशिष्ट प्रकारबाट तयार भएको छ । पहिलो उपहार त दुई खुट्टा टेकेर हिँड्ने हामी मानव मात्र हौँ । विशिष्ट प्रकारको मस्तिष्क विकासका कारण हामी सभ्य, करुणाका खानी, सामाजिक अनि सु–सस्कृत जीवनयापन गर्न सक्छाँै । मानिस बाहेक अरु जनावर अझै पनि जङ्गलमै छन् । तर मानिसले मस्तिष्कको प्रयोग गरेर आज संसारमा कति परिवर्तन गरिसक्यो जसको भुक्तभोगी हामी मानिस नै हौँ । ज्ञानको प्रयोग गरेर संसारमा यस्ता चमत्कार ल्याउने मानिस एकै पटक सबै ज्ञान लिएर आएको हुँदैन । शरीरको विकाससँगै उसले जान्दै सिक्दै जान्छ र काम गर्छ अनि जीवन सहज बनाउछ । यही क्रममा मानिसको उमेरको सबै भन्दा महत्वपूर्ण समय भनेको शारीरिक परिवर्तनको अवस्था हो ।

……………………………………………………………………………………………………………………………………………….

यसैगरी युवतीहरुमा महिनाबारी सुरु हुनु, स्तनको आकार वढन थाल्नु स्वर सुरिलो हुँदैजानु, लजालु हुँदै जानु, यौन बारे चासो राख्नु, पुठ्ठ या नितम्बको चौढाई वढेर जानु । यौन अङ्ग र काखीमा रौँ आउनु । मनमा अनेकन कुराहरु आउनु आदि । बाहिरी पुस्तक पत्रिकाहरु पढने, साथीसँग घुम्न जाने मन गर्नु, शरीर हलक्क वढेर जानु आदि किशोरी अवस्थामा देखापर्ने परिवर्तन हुन् । यो समयमा अलिक, आत्तिने, डराउने, झर्किर्ने, आमा बुबाका कुरामा ध्यान नजाने र नपत्याउने, एकोहारिने जस्ता सामान्य परिवर्तन दुबै छोरा या छोरीमा देखिने हुन्छ । आप्mना छोरा या छोरीलाई विशेष हेरचाह र जिज्ञासामा सहजता पूर्वक उत्तर दिएर उनीहरुलाई हरेकखाले अवस्थाको सामना गर्नुपर्ने र सहज हुँदै जाने कुरा गर्नुपर्छ । यो अवस्था भनेको काचो माटोको जस्तै अवस्था हो । जसरी कुमालेले माटोलाई उसले चाहेजस्तो आकार दिन्छ त्यसरी नै हामीले हाम्रा सन्तानलाई यो सही यो गलत भनेर उनीहरुले बुझने भाषामा बुझाउने प्रयास गर्नुपर्छ । उनीहरुका जायज माग र जिज्ञासामा सक्दो राम्रो गर्र्ने नसके विज्ञको सहयोगमा पनि जिज्ञासाको समाधान गर्दा उनीहरुमा अभिभावकहरु प्रति विश्वास र भरोस अनि इज्जत गर्नुपर्ने रहेछ भनेर ज्ञान वढछ । र, छोराछारी आफूभन्दा टाढा हुन पाउँदैनन् ।

तर, आज पनि धेरै ठाउँमा पहिलो पटक महिनावारी हुँदा गोठमा बस्नुपर्ने अरुलाई या घरका ठूलालाई अनुुहार देखाउन नहुने दुध दही मही या पोसिलो खानेकुरा खानु नहुने, विद्यालय जान नहुने भन्ने जस्ता अबैज्ञानिक मान्यताका कारण नेपालमा मात्र नभएर अन्य देशमा पनि नराम्रो ब्यवहार गर्ने गरेको देखिन्छ, सुनिन्छ । यो सरासर गलत हो । महिनावारी त महिलाहरुले आमा बन्न सक्ने सूचना हो । यो अति नै महत्वपूर्ण र किसोरीहरुमा हुनैपर्ने गुण हो । प्रकृतिले यो अवसर महिलामा मात्र प्रदान गरेर वङश वृद्धिको निरन्तरता दिएको हो र आमा बन्ने महान अवसर प्रदान गरेको हो । मायाँकी खानी बन्ने अवसर प्रदान गरेको हो । यो अवस्थामा आमाबुबाले त झनै सहज वातावरण तयार गर्ने हो । एक्लै नछाड्ने हो । ढाढस र आफुले पनि भोगेको र यो महिलामा हुने महत्वपूर्ण गुण हो भन्ने जस्ता कुरा सिकएर पोषिलो खानेकुरा दिने अनि कपडा पनि सहज प्रकारका र सेनिटरी प्याड घरमै पनि बनाउने तरिका पनि सिकाउने हो । यस्तो गरेमा हरेक किसोरीले सहज रुपमा लिने छन् र मनमा पलाएका अनेकन डर त्रास हटेर जाने छन् । यसले किसोरीहरुको उमेरमा सहज हुँदै पढाइ र ज्ञान आर्जन गर्ने कुरा सहज हुन्छ । घरमा हुँने साना काम र आमबुबालाई गर्ने सहयोगका बारेमा पनि सिकाउदै जानु राम्रो हुन्छ । यसले उनीहरुमा कामप्रति पनि मोह वढेर जान्छ र भविश्यमा सहज जीवन यापन गर्न सक्छन् ।

यसरी किसोर या किसोरीमा आउने परिवर्तन शरीरमा भएका यौन हर्मोन(रसराग)हरुको विकास हुनु हो । जस्तै पुरुषमा रहेको अण्डकोष र प्रोष्टेट ग्रन्थिबाट उत्पादन हुने रसराग(हर्मोन) टेस्टोस्टेरोनको विकास हुन थलेपछि माथि भनिएका परिवर्तनहरु किसोरमा देखा पछर्न । यो सँगै घाटीमा रहेको थाइराइड गन्थिबाट उत्पादन हुने थाइराइड हर्मोन र दिमागमा रहेको पिटियुटरी ग्रन्थिले पनि अझ सक्रिय भएर कामगर्न थाल्छ र शरीरको पूर्ण रुपमा विकास हँुदै जन्छ । यसरी नै किसोरीहरुमा पनि इस्ट्रजेन र प्रोजेस्टेरोन हर्मोनको विकास विशेष गरेर अण्डासयबाट हुन थालेपछि अन्य रसराग र ग्रन्थिहरुको सक्रियतामा शरीरको पूर्ण विकास हुन थाल्छ । तर महिनाबारी सुरु हुँदा नै किसोरीहरु आमा बन्न सक्ने अवस्थामा हुँदैनन । कम्तीमा पनि यौनअङ्ग र पाठेघरको विकास हुनका लागि कम्तीमा पनि १८ वर्षको उमेर हुनुपर्छ । यसरी नै किसोर या पुरुषहरुको पनि उमेर कम्तिमा २० वर्षको हुनुपर्छ र मात्र उनीहरुको पनि पूर्ण विकास हुन्छ । झनै अहिलेको संविधानले त २० वर्ष र २२ वर्ष अनिवार्य विवाह उमेर कायम गरेको छ । महिनवारी सुरुभयो अब छोरी बिबाह गर्न योग्य भई या छोराको दाह््ीजुगा पलायो भनेर बिबाह गरिदिनु या कडा ब्यवहार गर्नु अनुचित हो र किसोर किसोरीले पनि पढाइमा ध्यान नदिएर अनेक कुरामा ध्यान दिनु गलत हो ।

यसले आप्mनै भविश्य विग्रन सक्छ । त्यसैले यो उमेरमा घरमा पनि राम्रो ब्यवहार गर्ने, छोराछोरीलाई साथी सरह ब्यवहार गर्नु राम्रो हो । अत्यधिक लाडप्यार राम्रो होइन । उनीहरुलाई पैसाको महत्व पनि बुझाउनु पर्ने हुन्छ । अभिभावकले कहिल्यै पनि छोराछारीले देख्नेगरी या उनीहरुलाई पढन लगाएर मोबाइल या टिभी हेर्नु हुँदैन । यसले छोराछोरी प्रति नकारात्मक असर पुर्याउछ । बरु आफु पनि पढने या केहि कमा गर्नु राम्रो हो । छोराछारीलाई कतै घुमाउन लैजाने या कामको महत्व र काम गर्दाका फाइदाका बारेमा राम्रोसँग सम्झउने या देखाउने । यसले उनीहरुमा कामको महत्व, पैसा आर्जन कसरी गर्ने भन्नेबारे जनकारी हुन्छ । साथमा पोसिलो खानेकुरा ब्यायम अनि राम्रो निद्राको पनि आवश्यकता पर्ने हुँदा राती अबेरसम्म पढन जोड गर्नु भन्दा विहान र फुर्सदमा पढन पे्ररित गर्नु राम्रो हो ।
त्यसैले किसोर किसोरी अवस्था भनेको निक्कै महत्वपूर्ण र शरीरिक अनि मानसिक अवस्थाको विकास हुने उमेर हो । यो समयमा छोराछोरीको विशेष ध्यान दिनु र सजक रहन हरेक आमाबुबालाई आग्रह पनि गर्दछु । विशेष गरेर यो उमेरमा कुलतमा लाग्ने, बुबाआमाका कुरा नपत्याउने अनि साथीभाइसँग धरै समय विताउन चाहने भएका हुँदा बुबाआमाले उनीहरुको व्वहार, घरको आर्थिक अवस्था र उनीहरुको माग अनुसार कुरा वुझाएर आवश्यक माग मात्र पूरा गर्ने अनि साथीभाई जस्तै व्यवहार गरेमा किशोर किशोरीको भविष्य राम्रो बनाउन सकिन्छ । यसले बुबाआमा घरपरिवार र समाजमा सही सन्देश पनि जने हुँदा बेलैमा ध्यन दिन अनुरोध पनि छ । (लेखक , होमियोचिकित्सक हुन् । )

Leave a Reply

Your email address will not be published.