
कमल,७ चैत । झापाको कमल गाँउपालिका–७ स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमल गाउँपालिका–७ का २३ बर्षीय पाण्डव चौलागाई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बीआर ३८ टी ५९७४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल पछाडि सवार चौलागाई गंभीर घाईते भई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाईकल चालक सामान्य घाईते भएकोमा दमक रिसर्च सेन्टर दमकमा उपचार पश्चात इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।