कालोपत्रे सडक गर्न माग गर्दे सडक बन्द

चारआली, ७ चैत । यहाँस्थित चारआली-केचना सडक खण्ड अन्तरगत भानुचोकदेखि संगमचोकको सडक कालोपत्रे गर्न माग गर्दे सडक अवरुद्ध गरेका छन् । स्थानीयबासीको एक आक्रोसित समूहले सडकमा गुड्ने सवारीका कारण धुलोले सास्ती खेप्नुपरेको भन्दै आजविहानै देखि सडक अवरुद्ध गरेका हुन् ।
धुलोका कारण स्थानीवासी बिरामी पर्न थालेकाले आज बिहानदेखि स्थानीयवासीले स्वतस्फूर्त रूपमा भानुचोक र संगमचोकमा बाटो बन्द गरेका छन् । स्थानीयले बाटो बन्द सुरू नगरेसम्म सडक अवरुद्ध जारी राख्ने चेतावनी दिएका छन् ।एक्कासी सडक अवरुद्ध गरिएपछि त्यस सडकमा चल्ने सवारी तथा धेरै यात्रीहरु मर्कामा परेका छन् ।

Leave a Reply

Your email address will not be published.