
धर्मानन्द भट्टराई –नेपाली कांग्रेस झापा क्षेत्र नं ५ का सचिव तथा आसन्न १४ औं महाधिवेशन अन्तर्गत यहि मंसीर ६ गते हुन गईरहेको क्षेत्रीय अधिबेशनको निर्वाचनमा क्षेत्रीय सचिवका प्रत्यासी पनि हुन् ।
गौरादहबाट पार्टीको १० औं अधिवेशनमा वडादविभिन्न तहमा पदीय जिम्मेवारी सम्हाल्दै निरन्तर राजनीतिक यात्रामा रहेका भट्टराईले यसपटक पनि क्षेत्रीय सचिवको उम्मेदवार बन्ने निधो गरेका छन् । कमल ६ का स्थायीबासिन्दा युवा व्यक्तित्व भट्टराईले पार्टी संगठन निर्माणमा योगदान पुरयाँउन एकपटक पुनः सचिव भएर जिम्मेवारी सम्हाल्न उम्मेदवार वनेको स्पष्ट पारेका छन् ।
सहकारीकर्मी समेत रहेका उनी नेपाली कांग्रेसको वडा तथा गाउँ नेतृत्वपछि करिब ३ बर्षयता पार्टीको क्षेत्रीय नेतृत्वको लागि पुनः उम्मेदवारी दिएका छन् । हिजो मनोनित भएर क्षेत्रीय सचिव भए, यसपटक क्षेत्र समायोजनसंगै निर्वाचित भएर सचिवको जिम्मेवारी लिन प्रतिवद्ध भएको उनले सुनाए ।
प्रस्तुत छ : उनै क्षेत्रीय सचिव पदका उम्मेदवार भट्टराईसंग गरिएको कुराकानी
………………………………………………………………………………………………………………………………………….
तपाईको उम्मेदवारी किन ?
पार्टी संगठन निर्माणमा योगदान पुरयाँउन । संक्षेपमा भन्ने हो भने क्षेत्रीय सचिवको भूमिकालाई उचो राख्न मेरो उम्मेदवारी हो । हिजोदेखि पार्टीमा पुरयाँउदै आएको सांगठानिक निर्माण गर्न तथा पार्टी गतिविधिलाई थप क्रियाशील बनाउनका लागि यसपटक पुनः क्षेत्रीय सचिवको उम्मेदवार भएको हुँ । पार्टी संगठनको अनुभवलाई अघि बढाउन , नयाँ तथा सवल कांग्रेस निर्माण गर्न सोचका साथ सचिव पदमा मेरो आकांक्षा हो । मैंले निरन्तर पार्टी संगठनमा बटुलेको अनुभवलाई थप सुढृण बनाउन तथा कांग्रेसमा उर्जा भर्नका लागि पनि मेरो उम्मेदवारी हो भन्ने मैले ठानेको छु ।
तपाई क्षेत्रीय सचिवमा पनि हुनुहुन्थ्यो ? फेरि किन सचिवमा नै उठ्ने निधो गर्नुभयो नी ?
राम्रो प्रश्न उठाउनुभयो । एउटै मानिस किन फेरि त्यही पदमा उठ्यो होला भन्ने ? यसमा मैले स्पष्ट पार्ने पर्छ । पार्टीमा हिजो एउटा परिस्थतिका बावजुद सचिव भए, त्यो वेला क्षेत्र संरचना अहिलेको अवस्थामा थिएन । तपाई हामी सवैलाई थाहानै छ, हिजोको क्षेत्र नम्बर ७ अहिले क्षेत्र न. ५ बनेको छ । यो अवस्थामा हिजो मनोनित भएर त्तत्कालीन क्षेत्रीय सचिवको जिम्मेवार वहन गरेको थिए । मैले आफनो क्षमता अनुसार काम गरे ,गरिन त्यो पार्टी संगठन भित्र विदितै छ ।
हिजो स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई सन्तोषजनक परिणाम दिलाउन भुमिका निर्वाह गरेको ठहर गर्दै पार्टीले मलाई पाए पछि पार्टीमा तत्कालिन क्षेत्र नं ७ र ६ को समायोजनपछि बनेको क्षेत्र नं ५ को सचिवका रुपमा काम गर्न अवसर पाएका थिए । अहिले त्यही अनुभवलाई सम्हालेर महाधिबेशनमार्फत पुनः एक कार्यकाल सचिवमा पुनः काम गर्ने निधो गरेको छु । यो मेरो उम्मेदवारी अनुभवलाई नयाँ पन दिने नै मूल लक्ष्य हुने छ । गतिशील कांग्रेस, सुढृण कांग्रेस ,नयाँ कांग्रेस बनाउन आफनो ठाँउबाट यो जिम्मेवारी लिन उत्साहित छु । पक्कै पनि यहाँहरुबाट सहयोग प्राप्त नै हुने छ ।
………………………………………………………………………………………………………………………………………………..
यो क्षेत्रमा हिजो भन्दा अहिले पार्टी संगठन मजवुत छ,सुढृण छ । कांग्रेसमा जनताको ठुलो आशा,भरोसा तथा विश्वास भएकै कारण पार्टी संगठन गतिशील बन्दै गएको छ । कांग्रेसमा देखिएको जनताको आर्कषणलाई सहि तथा वैज्ञानिक दृष्ट्रिकोणबाट दिशानिर्देश गर्न उत्तिकै चुनौति पनि जन्मिदै गएको मैले देखिरहेको छु ।
त्यो भनेको नेता तथा कार्यकर्ताहरुको व्यवस्थापन संगै जिम्मेवारीलाई साच्चै सरल ढंगको व्यवस्थापन गर्न आवश्यक भईसकेको छ । त्यसले मात्र कांग्रेसमा विचारको रुपान्तरण, संगठनमा रुपान्तरण ल्याउने छ । यी हाम्रा चुनौती हुन्,जसलाई पार्टी नेतृत्वको ध्यान जानु पर्छ ।
……………………………………………………………………………………………………………………..
अधिबेशनको मुखमा कांग्रेस भित्र गुटउपगुट चर्किएको छ ? तपाई कुन गुटको ?
राजनीतिसंगै गुटगत प्रवृत्ति अधिवेशन सम्म मात्रै हुनुलाई स्वभाविक रुपमा लिनु पर्छ । त्यसले आन्तरिक अभ्यास मजवुत बनाउन टेवा पुग्ने छ । पार्टीको आन्तरिक निर्वाचनमार्फत जोकोही पनि नेतृत्वमा आइसकेपछि त्यस्तो गुटगत भावना राख्नु हुदैन् । हामी सवै कांग्रेसका कार्यकर्ता एक भएको सन्देस दिन सक्नु पर्छ । तव मात्र पार्टीमा उर्जा आउने छ , नेतृत्व पनि सफल हुने छ ।
निर्वाचन ताका कांग्रेस भित्र गुट उपगुटको समस्या पुरानै हो ,त्यसलाई उथलपुथलका रुपमा लिन हुदैन् । पार्टी भित्र बैचारिक विचारमार्फत यस्ता गुट ,समूह जन्मनु स्वाभाविक नै हो भन्ने लाग्छ । त्यसलाई आवश्यक मात्रामा आवश्यक समय सम्म मात्रै राख्नु पर्छ भन्ने लाग्छ । जहाँसम्म आन्तरिक चुनावसंगै यो गुटको राजनीतिक सकिनु पर्छ । पार्टी निर्वाचनपछि कांग्रेस एक ढिक्का हुनुपर्छ,हुन्छ पनि । कांग्रेसमा अधिवेशन ताका मात्रै सक्रिय हुने र बाँकी समय पलायन हुने प्रवृत्तिले पार्टी संगठन बलियो हुदैन् ।
पार्टी संगठनको अवस्था कस्तो छ ?
यो क्षेत्रमा हिजो भन्दा अहिले पार्टी संगठन मजवुत छ,सुढृण छ । कांग्रेसमा जनताको ठुलो आशा,भरोसा तथा विश्वास भएकै कारण पार्टी संगठन गतिशील बन्दै गएको छ । कांग्रेसमा देखिएको जनताको आर्कषणलाई सहि तथा वैज्ञानिक दृष्ट्रिकोणबाट दिशानिर्देश गर्न उत्तिकै चुनौति पनि जन्मिदै गएको मैले देखिरहेको छु ।
त्यो भनेको नेता तथा कार्यकर्ताहरुको व्यवस्थापन संगै जिम्मेवारीलाई साच्चै सरल ढंगको व्यवस्थापन गर्न आवश्यक भईसकेको छ । त्यसले मात्र कांग्रेसमा विचारको रुपान्तरण, संगठनमा रुपान्तरण ल्याउने छ । यी हाम्रा चुनौती हुन्,जसलाई पार्टी नेतृत्वको ध्यान जानु पर्छ ।
हिजोको नारा र मुद्धालाई मात्र कांग्रेसको नारा बनाउदाँ त्यसले पार्टीमा उर्जा आउदैन् ।समयको व्यवस्थापन गरेर सबै क्षेत्रमा रहने सबैले पार्टी संगठनलाई जनतासंग जोडने कार्यक्रमहरुमा सक्रियता देखाउनु पर्ने बेला आएको छ । कसैले पनि पदका लागि मात्र राजनीति होइन संगठन र पार्टीका लागि राजनीति गर्नुपर्ने अवको कांग्रेसको नेतृत्वको ध्यान जानुपर्छ । पद प्राप्त गर्न , कुनै स्वार्थ राखेर पार्टीमा गुट सिर्जना गर्न खोज्दाको परिणाम स्थायी हुदैन्,यसमा पार्टीको ध्यान जानुपर्छ । पार्टीमा इतिहासको मूल्याङकन र नव आगन्तुकको व्यवस्थापन दुवै हुनुपर्छ नभए पार्टी कमजोर हुन्छ । आफनो कार्यकालमा पार्टीले कसैलाई पनि विभेद नगरेको, योगदान र सक्रियताका आधारमा सबैलाई उचित स्थान दिएर अघि बढ्दै गएको छ ।
अन्तमा केहि भन्नु छ ?
हामी पार्टीको आन्तरिक चुनावमा होमिएका छौ । आन्तरिक चुनाव लगत्तै स्थानीय तहसंगै अन्य चुनावह? आउदैछन् । यो पार्टीको निर्वाचनले जनप्रतिनिधि चुन्ने चुनावमा असर देखिनु हुदैन् । कस्तो पार्टी नेतृत्व चुन्ने ? यो महत्वपूर्ण घडीमा पक्कै पनि यस क्षेत्रबासी पार्टीका अग्रज,क्षेत्रीय प्रतिनिधि, वडा सभापतिह?ले विवेक पुरयाँउनु हुने छ भन्ने लाग्छ । योग्य मान्छेलाई नेतृत्वमा लैजान आग्रह गर्दछु । र यहाँहरुले निश्चय पनि सचिवको जिम्मेवारी दिएर पार्टीमा काम गर्ने भूमिका निर्वाह गरिदिनु हुने विश्वास गरेको छ । तपाईले दिनुभएको जिम्मेवारीलाई दत्तचित्त भएर जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता पनि जाहेर गर्दछु । अन्तमा आफनो कुरा राख्ने अवसर दिनु भयो, तपाई लगायत सिंगो प्रदेशवाणी न्यूज पोर्टलका सवै साथीहरुप्रति आभार प्रकट गर्न चाहन्छु ।