
धरान ,२ कार्तिक । पहिरोले पुरिएर धरान १३ स्थित नागेश्वर मार्गमा दुई जना बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नरेन्द्र कार्कीका अनुसार धरान १३ नागेश्वर मार्गका निशान राईको ४ वर्षीय छोरा निहान राई र ७ वर्षीय छोरी निसु राईको पहिरोले पुरेर मृत्यु भएको हो ।
आज करिब अढाई बजे तिर घर माथिबाट बर्षासंगै झरेको पहिरोले टिनको घर पुरै पुर्दा दुई जना बालबालिका बेपत्ता भएका थिए । निकै बेरको प्रयासपछि बालबालिका फेला परेको उद्धारमा संलग्न कृष्ण राउतले बताए। जिल्ला प्रहरी कार्यालय सुनसरीले भने पहिरोले पुरेर दुवैको मृत्यु भएको जानकारी दिएको छ ।