
तिला लेकाली मोरङ
दसैं र बुवा
जब चाडबाड आउन थल्थ्यो
गाउँ भरिका ढिकीको भक्र्याङ्च्याङ सुनिन्थियो
वारिपारिका घरहरु सेताम्मे देखिन्थे
पोतेर कमेरो,चुना
रातो माटोले घरको पटुकी कसिन्थ्यो
नवरात्रमा जमरा राखेर माता दुर्गाको स्तुतिगान
चन्डि पाठ ,नौ कन्या पुजन हुन्थ्यो
दशमीको दिनभरी सेतो धोती पहिरेर
टीकाको साइतमा राता अक्षता निधारभरी लाइदिनुहुन्थ्यो
ठुलो देखि सानोको क्रम मिच्न पाइन्नथ्यो
सबैको शीर ठुलामान्छेको पाउमा निहुरिन्थ्यो
मुल घरमा जम्मा भएर सबैले
पालै पालो खाना खाने,गफगाफ आहा१
कति आत्मीय थिए ती दिनहरु ।
चाडबाड आउने सन्दर्भ पारेर
बुवा धरन,कहिले चैनपुर जानुहुन्थ्यो
दशैँमा रातो तुलको रुमालमा बाधेर ल्याएको कपडाको पोको,हाम्रो दसैं
हामी कसैले नथापाउने गरी पालैपालो आआफ्ना कपडा हेर्दा रहेछौँ तुलको रुमाल खोलेर
थोरै कुराले कति धेरै खुशी ल्याउथ्यो है रु
बुवा,दर्जनौं वर्ष भएछ
हजुर नभएकोले खल्लो खल्लो छ दसैं
रङ बिनाको अक्षताजस्तो
घाम बिनाको दिन जस्तो
जून बिनाको रात जस्तो
आगो निभेको अगेनु जस्तो
पोयो चुडिएको लिङ्गे पिङ जस्तो
दुलही बिनाको जग्गे जस्तो
नुन बिनाको तरकारी जस्तो
खल्लो खल्लो खल्लो
मुखमै नहाल्नु जस्ता छन्
दसौंका दिनहरु।
न जमराको रङ जमरा जस्तो छ
अक्षता अक्षता जस्तो लाग्दैन
यो दसै त झन् कुरुप भित्रीयो बुवा१
कोभीड १९ नामक जिवाणुले माहामारीले
जताततै मान्छेमा सङ्क्रमण छ
मान्छे मरेका मरेइछन्
अस्ति बेलबोटे काकाको छोरा संक्रमीत भयो
फेरि पुछार घरे दाजुकी बुहारीलाई भेट्यो
धन्सारे ठुलोबुवाकी छोरीको मृत्यु नै भयो ।
हाटबजार बाटो सबै शून्य छ
हिड्दैननन् बटुवा अचेल
बाटोमाथिको चौतारिमा कोही बस्तैनन् बुवा ।
जिर्ण बनेको छ हाम्रो मुल घर
टिकामा बज्ने मालश्री होइन
कोभिड सतर्कताको धुन बज्छ
मोबाइल,टिभिहरुमा हिजोआज
मान्छे भएर पनि गाउँ,गाउँ जस्तो छैन
त्योआत्मीयता,त्यो खुशी ,उमंग छैन अचेल।
अचेल हजुरले बजारबाट ल्याए जस्तो
दसैं किन हुदैन बुवा