आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन

पथरी,१ असोज । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं ४ मा आधारभूत स्वास्थ्य केन्द्रको उदघाटन गरिएको छ ।आज एक औपचारिक कार्यक्रम गरि नवनिर्मीत स्वास्थ्य केन्द्र भवनको नगरपालिकाका प्रमुख दिलिप कुमार राईले उद्घाटन गरे ।
त्यस अवसरमा नगर प्रमुख राईसहित उपप्रमुख यमुना विष्ट वास्तोला तथा जनस्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यसहितले नगरवासीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन आफूहरुको सक्दो प्रयास भईरहेको जोड दिएका थिए ।
कार्यक्रममा आधारभूत स्वास्थ्य केन्द्रका लागि अढाई कट्ठा निशुल्क जग्गा प्रदान गर्ने चन्द्रप्रसाद अधिकारी र त्यहाँका ३ जना महिला स्वास्थ्य स्वयमसेविकालाई पनि सम्मान गरिएको छ । सो कार्यक्रममा संविधान सभा सदस्य लालबहादुर सुस्लिङ, ४ नम्बर वडाध्यक्ष गोविन्दबहादुर भण्डारी सहितको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.