कोरिया र अमेरिकाबाट सञ्चारकर्मी खम्बूको उपचारार्थ आर्थिक सहायता

पथरीशनिश्चरे , १ असोज । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कलेजो रोग पीडित पत्रकार बिजय खम्बू राईको उपचारको लागि कोरिया र अमेरिकामा कार्यरत नेपालीहरुले
एक लाख बढीको आर्थिक सहायता प्रदान गरेका छन् ।
एक लाख ३७ हजार २०१ रुपैया पीडित खम्बूको घरैमा पुगेर विहीवार उपचाररत संचारकर्मी खम्बूकी जीवनसंगिनी कल्पना राईलाई पथरी उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष धनकुमार तामाङको हातबाट हस्तान्तरण गरिएको हो ।
केही दिन अघि मात्र उक्त अस्पतालले डिस्चार्ज दिएर घर ल्याइएका उनलाई ज्वरो आउने, सास फेर्न गार्हो हुने, जस्ता समस्याले सताएपछि पुन: सोहि विपी अस्पतालमा उपचार भइरहेको छ।
नगर वडा नम्बर ७ का जनप्रतिनिधि कासिहाङ राई र कोरियामा रोजगारीका लागि गएका पूर्ण तामाङ लगायत नेपालीहरुले विजय खम्बु उपचार कोष समितिमार्फत उक्त रकम सहयोग गरेका हुन्।
यसैबीच, प्याब्सन पथरीले पनि पीडितको उपचारका लागि विहिबारनै एक कार्यक्रमका बीच ११ हजार रुपैयाँको चेक प्रदान गरेको थियो ।
संचारमाध्यमबाट पत्रकारिता क्षेत्रमा विशेष योगदान पुर्याउने पत्रकार खम्बूको जीवन रक्षार्थ स्वतस्फुर्त सहकार्य गर्नेहरुलाई पीडित परिवार र उपचार कोष समितिबाट आभार तथा धन्यवाद प्रकट गरेका थिए । साथै, उपचाररत खम्बूको उपचारार्थ २ लाख १० हजार रूपैयाँ यस अघि नै हस्तान्त्रण गरिएको उपचार कोष समितिका संयोजक अर्जुन जम्नेलीले आफ्नो फेसबुक पेजमार्फत् सार्वजनिक गरेका छन् ।

Leave a Reply

Your email address will not be published.