श्रेष्ठद्धारा प्रदेश ( ख) का उपसभापति उम्मेदवारी घोषणा

दमक,१ असोज । विश्वकर्मा पूजाका दिन कमल ५ पाडाजुंगी निवासी नेपाली कांग्रेसका अगुवा शेरवहादुर श्रेष्ठले क्षेत्र अन्तर्गत प्रदेश ( ख ) का उपसभापति पदमा उम्मेदवार घोषणा गरेका छन् ।
श्रेष्ठले सामाजिक सञ्जाल मार्फत आफनो उम्मेदवारी घोषणा गरेका हुन् । पार्टी संगठन निर्माण गर्न थप जिम्मेवारी लिन चाहेको भन्दै उनले सवैसंग सहयोगका लागि आग्रह गरेका छन् ।
पार्टीमा यसअघि क्षेत्रीय सदस्य रहेका श्रेष्ठले पार्टीले दिएको जिम्मेवारीलाई थप क्रियाशील बनाउन आफूले उपसभापति पदमा योग्य ठानी उम्मेदवारी प्रस्तुत गरेको वताए । उनले भने, –‘काम गर्नका लागि मैले उम्मेदवारी दिने निधो गरेको छु ,यहाँहरुको अवश्य सहयोग प्राप्त हुने छ ’
निर्माण व्यवसायी श्रेष्ठ स्थानीय चन्द्र दर्शन बचत तथा ऋण सहकारीका पूर्व अध्यक्ष तथा विभिन्न सामाजिक गतिविधिहरुमा सक्रिय भएर काम गरिआएका छन् ।

Leave a Reply

Your email address will not be published.