
दमक,१ असोज । कमल ७ बिष्णुकठ्ठास्थित सिंहदेवी आधारभूत विद्यालयका पूर्व प्रधानाध्यापक सुरेन्द्र राईलाई विदाई गरिएको छ । हालै सेवानिवृत भएका राईको सम्मानमा विद्यालयले विदाई गरिएको प्रधानाध्यापक ईन्दिरादेवी खनालले बताईन् । करिव ३५ बर्ष त्यस विद्यालयका प्रअ भएर कार्यसम्पादन गरेका राई दुई महीना अघि सेवा निवृत भएका थिए ।
विहिबार विद्यालयमा एक कार्यक्रम गरि पूर्व प्रअको विदाईसहित नयाँ विद्यालय व्यवस्थापन समितिको पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गरिएको प्रअ खनालले वताईन् । कार्यक्रममा पूर्व प्रअ राईले विगतमा विद्यालयको अवस्थाका बारे चर्चा गरेका थिए भने विद्यार्थीहरुले गीत,नृत्य समेत प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए ।
गत भदौ २५ गतेको बैठकले शिक्षासेवी ओमनाथ तिम्सीनाको अध्यक्षतामा नौ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको थियो । विदाई कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, अभिभावक, शिक्षक,विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
२०३० सालमा स्थापना भएको सो विद्यालय यसै शैक्षिक सत्रदेखि कक्षा ६ सम्म अंग्रेजी माध्यममा पठनपाठन हुदैआएको विद्यालय व्यवस्थापन समितिका सदस्य सन्तोष राईले बताए ।