
दमक, ३१ भदौ । प्रेस संगठन नेपाल झापाले माईपश्चिम तदर्थ कमिटी गठन गरेको छ । दमकमा विहिवार भएको भेलाले डिकेश लामाको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
नवगठित समितिको सहसंयोजकमा लोकनाथ रिजाल रहेका छन् भने सदस्यहरूमा प्रेम यम्फू राई, गोमा घिमिरे, गोविन्द लुहागुन, सुमित भण्डारी र सविन खतिवडा रहेका चुनिएका छन् । संगठनका झापा संयोजक झुलन रेग्मीको अध्यक्षतामा भएको भेलामा संगठनका केन्द्रिय सदस्य तथा भेलाका प्रमुख अतिथि विमल लामिछानेले संगठनले नवगठित समितिलाई पत्रकारको क्षमता विकासकालागि काम गर्न निर्देशन दिएका छन् ।
संगठनका प्रदेश नं १ उपाध्यक्ष डण्डिराज घिमिरेले संगठनको गठन र औचित्वबारै प्रकाश पारेका थिए । भेलालार्ई संगठनका जिल्ला सचिव उद्धव पुरीले सञ्चालन गरेका थिए ।
संगठनले जिल्लामा संगठन विस्तारलाई तीव्रता दिएको छ । सोही अभियान अन्तर्गत संगठनले मेचीनगर, बिर्तामोड र भद्रपुरमा पनि चाँडै क्षेत्रीय कमिटी गठन गर्ने सचिव पुरीले जानकारी दिए ।