
कमल,२६ भदौ । झापा, कमल ६ जिम्दार चौक निवासी स्व. सौरभ ताजपुरियाको स्मृतिमा नकआउट फूटवल प्रतियोगिता हुने भएको छ ।
यहि असोज १८ गतेदेखि शुरु हुने सो प्रतियोगिता एक सातासम्म आयोजना हुने प्रतियोगिताका संयोजक गचन लिम्बूले बताए ।प्रतियोगिता कमल ५ गुहेश्वरीको खेल मैदानमा हुने छ ।
प्रतियोगितामा झापा,मोरङ र इलामका विभिन्न आठ वटा टिम सहभागि रहने जनाइएको छ । प्रतियोगितामा विजेतालाई नगद रु ५५ हजार र उपविजेतालाई नगद रु २५ हजार ,ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने संयोजक लिम्बूले बताएका छन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ठ हुने गोलकिपर,उत्कृष्ठ खेलाडी लगायतलाई समेत नगद तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न करिव ३ लाख ५० हजार रुपैया खर्च हुने अनुमान छ । तीन वर्ष अघि सडक दुर्घटनाबाट ज्यान गुमाएका सौरभको सम्झनामा उनका साथीभाईहरुले पहिलोपटक फूटवल प्रतियोगिता गर्न लागेका हुन् ।