दाजुको हत्या अभियोगमा भाई पक्राउ

झापा, २१ भदौ । आफ्नै दाजुको हत्या गरि फरार रहेका झापा कचनकवल -३ का ३७ बर्षीय रतन राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो बिहान साढे ७ बजे कचनकवल गाऊपालिका ३ केचना घर भई हाल बिर्तामोड नगरपालिका -४ स्थितमा डेरा गरी बस्ने ५० बर्षीय भात्रु राजबंशी आफु सुत्ने कोठाभित्र मृत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई बुझ्दा हत्या भएको आशंकामा अनुसन्धान गर्ने क्रममा उनकै भाई रतन राजबंशीले मार्तलले हानी हत्या गरेको खुल्न आएको छ ।
दाजुको हत्या गरि फरार रहेका रतनलाई खोजतलासमा खटिएको प्रहरी टोलीले हिजै राती ९ बजे मेचीनगर १५ स्थितबाट मार्तल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
साथै उनलाई जिल्ला अदालत झापाबाट कर्तव्य ज्यान शिर्षकमा म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।
ब्राउन सुगर सहित एक जना पक्राउ
झापा अर्जुनधारा नगरपालिका ९ खरवन्दी स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका ११ बुद्धचौकका ३० बर्षीय मणि कुमार चौधरी रहेका छन् ।
हिजो दिउसो साढे २ बजे लागूऔषध नियन्त्रण व्यूरो र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनलाई २ ग्राम ६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
पक्राउ परेका चौधरीको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published.