
दमक, २० भदौ । नेपाली कांग्रेस दमक नगरको १० वटै वडामा नयाँ नेतृत्व चयन भएको छ । शनिवार र आज आइतवार सम्पन्न नगर अधिबेशनबाट दमक वडाको नयाँ नेतृत्व चयन भएको हो ।
कांग्रेस नगर सहसचिव दिपेश दाहालका अनुसार दमक वडा नं १ को सभापतिमा गजेन्द्र देवान ,२ मा भागवत प्रसाद दुलाल, वडा नं ३ मा गोपाल गिरी, वडा नं ४ मा राजेन्द्र प्रसाद सिटौला, वडा नं ५ मा चैतन्य बराल चुनिएका छन् ।
यस्तै वडा नं ६ मा मणी बहादुर बुढाथोकी, वडा नं ७ मा अतीत वान्तावा राई, वडा नं ८ मा चन्द्र खत्री, वडा न. ९मा युवराज कोइराला र वडा नं १० मा घनश्याम खनाल निर्वाचित भएको उनले जनाएका छन् ।अधिकांस निर्वाचित सभापतिहरु सवै युवाहरु रहेका छन् ।जसमध्ये २ ,६ र १० मा पूरानै नेतृत्व दोहोरिए भने वडा न. १ बाहेक अन्यमा सर्वसम्मत नेतृत्व चयन भएको उनले जानकारी दिए ।