
झापा,२० भदौ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत झापामा अधिकांस वडाहरुको नेृतृत्व सर्वसम्मत चयन भएका छन् । जिल्लाका १३१ वडामध्ये आइतवार साँझसम्म ७५ वटा वडामा सर्वसम्मत वडा सभापति र क्षेत्रिय प्रतिनिधिहरु चयन भएको नेपाली काँग्रेस झापाले जनाएको छ ।
काँग्रेस झापाका अनुसार अहिलेसम्म मेचीनगरको वडा नं १, २, ३, ४, ६, ७, ८, ९, १०, ११, १२ र १५ गरी १२ वटा वडामा सहमति भएको छ ।
कमलका ७ वटै वडामा नयाँ नेतृत्व चयन भएको समाचार प्राप्त भएको छ । जसअनुसार कमल ५ बाट क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनेमा पार्टीका आमन्त्रीत केन्द्रीय सदस्य दिलिप कुमार बान्तवा , हुकुमसिंह राई ,राज कुमार नेउपाने,एकराज प्याकुरेल,शेर बहादुर श्रेष्ठ,दिनेश अधिकारी ,देबेन्द्र राज आङ्ग्देम्बे, उमेश तुम्रोक, आइतबहादुर लिम्बू , भुवन बुढाथोकी, दिलु गुरुङ, भरत दर्जी, चन्द्रकला बस्नेत, रन्जिता कुमारी दहाल,दिलकुमारी राई चुनिएका छन् ।
अधिबेशनले वडासभापतिमा चन्द्र सिंह राईलाई चुनेको छ उपसभापतिद्धयमा सुरज कुमाल , केन्द्र कार्की , वार्ड सचिबमा धिरज श्रेष्ठ ,तारा बहादुर खड्का र सहसचिवद्धयमा रामप्रसाद अधिकारी र रामबहादुर तुम्रोक चुनिएका छन् ।
यस्तै कमल ६ को वडा सभापति रोशन दाहाल निर्वाचित भए । अध्यक्षमा आफना प्रतिष्पर्धी हर्क बहादुर रायलाई हराउदै सभापतिमा चुनिए भने वडाका अन्य पदाधिकारी ,सदस्य तथा क्षेत्रीय प्रतिनिधिहरुमा सवै सर्वसम्मत निर्वाचित भएको मतदान अधिकृत बिष्णु सुब्बाले वताए ।
क्षेत्रीय प्रतिनिधिहरुमा टिकाराज सापकोटा, धर्मानन्द भटटराई, गोपाल बुढाथोकी,प्रमोद दाहाल, पुष्पराज ओली ,गोपालचन्द्र भुजेल ,ज्ञाननाथ खरेल, कमल बोहोरा,हरिलाल ताजपुरिया, अर्जुनकुमार राई,चन्द्र शाह, धनमाया ताजपुरिया, सावित्रा दाहाल उप्रेती, पुनम बजगाई,शान्ता शिवाकोटी र कल्पना खरेल चुनिएका छन् । निर्वाचित क्षेत्रीय प्रतिनिधि तथा वडा समितिका पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको सहायक मतदान अधिकृत गंगा गौतमले जनाएका छन् ।
त्यसैगरि बुद्धशान्ति गाउँपालिकाको १, २, ६ र ७ गरी ४ वटा वडाहरुमा सहमति भएको छ ।
त्यस्तै अर्जुनधारामा ४, ५, ६, ८, ११ नम्बर वडामा सहमतिमा नेतृत्व चयन भएको छ । बिर्तामोड नगरपालिकाको १, २, ६, ८, ९, १० नम्बर वडाहरुमा सर्बसम्मत भएको छ ।
त्यस्तै कन्काइ नगरपालिकाको वडा नं २, ६, ८ र ९ मा सर्बसम्मत नेतृत्व चयन भइसकेको काँग्रेस झापाले जनाएको छ । कचनकवल गाउँपालिकाका, बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाका सबै ७–७ वटै वडाहरुमा सर्वसम्मत वडा समिति र क्षेत्रिय प्रतिनिधिहरु छनौट भएका छन् ।
गौरीगञ्ज गाउँपालिकाको वडा नं ५ र ६ मा सहमति छ भने गौरादह नगरपालिकाको वडा नं १,३, ४, ५, र ८ मा सहमति भएको छ ।
त्यस्तै दमक नगरपालिकाको २, ४, ५, ६, ७ र ८ नम्बर वडाहरुमा वडा समितिमा सहमति भए भने क्षेत्रीय प्रतिनिधिहरुमा निर्वाचन भएका छन् ।
त्यसैगरी शिवसताक्षी नगरपालिकाको वडा नं ३, ६ र १० मा सहमति भएको छ भने हल्दिबारी गाउँपालिकाका सबै ५ वटा वडाहरुमा सर्वसम्मत नेतृत्व चुनिए । शनिवार सहमति नभएका अन्य वडाका निर्वाचनमा भने आइतवार निर्वाचनमार्फत नेतृत्व चुनिएका छन् ।