
झापा , २९ साउन । झापामा कोरोना भाइरस संक्रमणका कारण थप एक जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । विगत सात दिनदेखि बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा उपचाररत हल्दिबारी १ गोलधापका ४२ वर्षिय षडानन्द नेपालको उपचारका क्रममा आज बिहान ३ बजे मृत्यु भएको हो । औषधि पसलसमेत सञ्चालन गर्दै आएका उनी लोकप्रिय स्वास्थ्यकर्मी रहेका थिए । स्थानीय ठाउँमा नेपाल डाक्टरका नामले परिचित उनले लामो समयदेखि गोलधाप , चकचकी , बिर्तामोड १० लगायतका क्षेत्रमा अनवरत स्वास्थ्य सेवा दिदै आइरहेका थिए ।यो संगै कोरोना संक्रमणबाट झापामा मृत्यु हुनेको संख्या ५०४ पुगेको जनाइएको छ ।