रेडक्रस स्वास्थ्य विभागको टोलीद्धारा अनुगमन

दमक,२८ साउन । नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालय अन्तर्गतको स्वास्थ्य विभागका उपनिर्देशक बालकृष्ण सेढाईसहितको रेडक्रस टोलीले आज रेडक्रस लखनपुरसहित तीन वटा उपशाखाको स्थलगत अनुगमन गरेको छ ।
रेडक्रसमार्फत कोभिड महामारीका समयमा उपशाखाले सञ्चालन गरिआएको कार्यक्रमहरुको बारेमा जानकारी लिन सेढाईसहितको एक टोलीले लखनपुर, गौरादह र दमक उपशाखाको स्थलगत अनुगमन गरि जानकारी लिएको हो । टोलीमा उपनिर्देशक सेढाई, रेडक्रस झापाका कार्यक्रम अधिकृत प्रकाश प्रकाश कार्की लगायतको उपस्थिति रहेको थियो ।
यसैक्रममा कमल ५ मंगलवारेस्थित उपशाखाको सभाहलमा भएको संक्षिप्त कार्यक्रममा उपशाखाका सभापति चन्द्र शाह, उपसचिव बिष्णु सुब्बाले महामारीका समयमा रेडक्रसले गरिआएको कार्यका बारेमा जानकारी गराएका थिए । महामारीका समयमा हुनसक्ने मानवीय क्षति रोक्न सचेतनासंगै स्वास्थ्य सेवा घरघरसम्म पुरयाँउन खाँचो भएको भन्दै त्यसतर्फ रेडक्रसले काम गर्नु पर्ने उपनिर्देशक सेढाईले जोड दिए ।

Leave a Reply

Your email address will not be published.