रतुवामाईमा संचालित कुखुरा फर्ममा चट्याङ पर्दा ८० वटा कुखुरा मरे

मोरङ,२८ साउन । मोरङ रतुवामाई नगरपालिका ३ का राजु ताजपुरियाले संचालन गरेको राजु कुखुरा फर्ममा चट्याङ पर्दा ८० वटा कुखुराहरु मरेका छन् ।

गएराती पानीसगै परेको चट्याङबाट सो परिमाणमा कुखुरा मरेका हुन । कुखुरा मर्दा ताजपुरियाको अन्दाजी ४० हजार बराबरको क्षती भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.