
दमक, २१ साउन . झापाको झापा गाउँपालिका ३ रङपुरका किसान चन्द बस्नेत आमनेपाली किसानकालागि प्रेरणको स्रोत बनेका छन ।
बस्नेतले खेर गइरहेको कन्काई नदिको बगरलाई अहिले हरियाली मात्र बनाएका छैनन । मनग्य आम्दानी समेत गर्न थालेका छन । बस्नेतले बार्षिक ४५ हजार भाडा तिरेर २२ विगाह जमिनमा जि नाइन जातको व्यावसायिक रुपमानै केरा खेती गरिरहेका छन । उर्वर खेती योग्य जमिनको अभाब भएपछि विकल्पका रुपमा खोला बगरलाई रोजेका किसान बस्नेत अहिले आम नेपाली किसानकालागि प्र्रेरणका स्रोत समेत बन्दै गएका छन ।
केहि बर्ष अघि बस्नेत झापा गाउँपालिकाबाट छनौटमा परेर कृषिको तालिमकालागि इजरायल पुगेका थिए । इजरायलमा पनि केरा खेतीमानै कामगर्ने अवसर जुरेको थियो । करिब एक वर्षको इजरायल बसाई पछि स्वदेश फर्किएका बस्नेतले उतै सिकेको सिपलाई हाल व्यावहारमा उतारी रहेका छन ।
शुरु शुरुमा केरा खेतीगर्दा घर परिवार, आफन्त तथा समाजबाट समेत खासै सहयोग पाउन नसकेपनि बस्नेतले लिएको अठोटलाई निरन्तरता दिदै जाँदा सफलता हात परेपछि अहिले सबैलाई अचम्मित बनाइएका छन । इजरायलबाट फर्किदा आफुसंग करिब बिस लाख रुपैया र उन्नत जातका केहि केराका विरुवा लिएर आएको उनि बताउछन ।
बस्नेतले यो व्यावसाय शुरुगरेको डेढ बर्ष बित्दा नवित्दै अन्य ५ जनालाई रोजगारी समेत दिन सफल भएका छन । अहिले बस्नेतले परिक्षणकलागि अन्य तिन चार जातका केराको पनि खेती गरिरहेका छन । आफनो बारीमा उत्पादनभएका केरालाई झापाली केराको नामले स्थापित गराउनपनि बस्नेत लागि परेका छन । बस्नेत उत्पादन गरेका केरा अहिले झापाका प्राय सवै स्थानीय बजार देखि काठमाण्डौ सम्म पुग्न थालेका छन ।
आफनो बगानमा उत्पादित केरालाई निकट भविष्यमानै बिभिन्न परिकारहरु चिप्स, मदिरा, लगायत अन्य खाना र खाजाका परिकारहरु पनि बगाउने सोच बस्नेत बनाएका छन । हाल बस्नेत उत्पादन गरेका केरा हप्तामा एक ट्रक काठमाण्डौमा निर्यात हुदै आएको छ । केरा खेतीबाट मनग्य आम्दानी हुने बुझेपछि भविष्यमा यो व्यावसायलाई करिब १ सय विगाहाको हाराहारीमा बिस्तारगर्ने सोच बस्नेतले बनाएका छन ।
जाहा इच्छा तेहि उपाय भने जस्तै बस्नेत अहिले सबैको उदाहरणीय पात्र मात्र बनेका छैनन । यो व्यावसायमा लाग्ने चाहने अन्य किसानकालागि प्रेरणाको स्रोतपनि बनिरहेका छन । उनले गाउँमानै उन्नतीगरे सम्मृद्धी चाहनेहरुकालागि केराका बिरुवा देखि बजारीकरणमा समेत सहयोग गर्दै आइरहेका छन ।
अन्य बालीभन्दा केरा खेतीबाट राम्रो आम्दानी हुने किसान बस्नेतको बुझाई रहेको छ । हाल सवै खर्च कटार पनि मसिक दुइ लाखको हाराहारीमा आम्दानी गरीरहेको बस्नेत बताउ छन । केरा खेतीको संभावना प्रशस्त देखिएपछि घरपरिवारबाट पनि बस्नेतले अहिले राम्रो साथ सहयोग पाउदै आएका छन ।