
२०६७ साल तिर गणका तत्कालिन गणपति गणेश ठाडा मगरको पहलमा स्थानीय खेलप्रेमी तथा बुद्धिजीवीहरु समेतको सक्रियतामा गणको स्वामित्वमा रहेको उक्त जग्गा मध्ये चिहानघारी सहितको करिब २९ बिगाहा जमिनमा रंगशाला बनाउने अभियान सुरु भयो , सुरुमा यसको व्यापक बिरोध भयो । आफ्ना पूर्खाको चिहान उखेल्न,भत्काउन सरोकारवालाहरु तयार थिएनन् ।तर धेरै प्रयास पछि उक्त रंगशालाको नाम आदिवासी आत्माहरुको सम्झना स्वरुप आदिवासी रंगशाला राखिने र चिहानहरुको केही परको स्थानमा ससम्मान व्यवस्थित पार्क निर्माण गरि पुनस्र्थापना गरिने सर्तमा कुरा मिलेको थियो । जस अनुसार त्यहाँ आदिबासी जनजातिका सन्तान हरुले आआफ्ना पूर्वजका चिहानहरु भत्काएर त्यहाँका अवशेषहरु करिब ५०० मिटर पूर्बको तोकिएको जमिनमा लागि पुर्नस्थापना गरिने भनी सहमति भई काम शुरु भएको हो । अब त्यो जमिनमा आदिवासी रंगशाला नाममा रंगशाला निर्माणको काम सुरु भयो ।
झापाको कमल गाउँपालिका- ५ लखनपुरस्थित आदिवासी रंगशालाले यतिखेर फेरि चर्चा पाएको छ । रतुवामाई बृक्षरोपण आयोजनाले चर्चेको जग्गा मध्ये आयोजनाको पश्चिम ( दक्षिण तर्फ रतुवा खोलाको साधसिमानामा पर्ने १०० हेक्टर (१६० बिगाहा ) जमिन २०५९सालमा तत्कालीन श्री ५ को सरकारले ससस्त्र प्रहरी बल पाथीभरा गणलाई भोगाधिकार लालपुर्जा दिने निर्णय गरेको हो ।
त्यसपछि गण स्थापना भई सञ्चालनमा आयो । गणले प्राप्त गरेको उक्त जमिनको दक्षिण पट्टि राजमार्ग सङ्ग जोडिएको ठाउँमा ठुलो चिहानघारी थियो । जसमा दशकौ अगाडि देखि स्थापना भएका करिब ६४५ वटा चिहान थिए। जुन मृत शरीरलाई गाड्ने संस्कार ,परम्परा भएका जातजातिहरुले दाह संस्कार गरि जमिन माथी सिमेन्टे घर आकारका संरचना बनाउदै आएका थिए। विशेष गरि यो क्षेत्रमा राई लिम्बू जातिका आदिवासी जातिहरु कै संरचना थिए । जुन राजमार्गछेउमा अन्य ठाउमा अहिले पनि देख्न सकिन्छ । सो चिहानमा आफन्तहरु मृतआत्माको बार्षिकी लागायतका तिथि पर्बमा आइ पूजा अर्चना गर्ने गरेको पाइन्छ ।
२०६७ साल तिर गणका तत्कालिन गणपति गणेश ठाडा मगरको पहलमा स्थानीय खेलप्रेमी तथा बुद्धिजीवीहरु समेतको सक्रियतामा गणको स्वामित्वमा रहेको उक्त जग्गा मध्य चिहानघारी सहितको करिब २९ बिगाहा जमिनमा रंगशाला बनाउने अभियान सुरु भयो , सुरुमा यसको व्यापक बिरोध भयो । आफ्ना पूर्खाको चिहान उखेल्न,भत्काउन सरोकारवालाहरु तयार थिएनन् ।तर धेरै प्रयास पछि उक्त रंगशालाको नाम आदिवासी आत्माहरुको सम्झना स्वरुप आदिवासी रंगशाला राखिने र चिहानहरुको केही परको स्थानमा ससम्मान व्यवस्थित पार्क निर्माण गरि पुनस्र्थापना गरिने सर्तमा कुरा मिलेको थियो । जस अनुसार त्यहाँ आदिबासी जनजातिका सन्तान हरुले आआफ्ना पूर्वजका चिहानहरु भत्काएर त्यहाँका अवशेषहरु करिब ५०० मिटर पूर्बको तोकिएको जमिनमा लागि पुर्नस्थापना गरिने भनी सहमति भई काम शुरु भएको हो । अब त्यो जमिनमा आदिवासी रंगशाला नाममा रंगशाला निर्माणको काम सुरु भयो ।

तत्कालिन रक्षा मन्त्री, हालका राष्ट्रपति विद्यादेवी भण्डारीले आदिवासी रंगशालाको नामबाट शिलान्यास समेत गर्नुभयो । बजेट बिनियोजन भयो । ठेक्का समेत लागि पहिलो चरणमा जमिन सम्याउने काम भयो । रंगशालाको प्रारम्भिक मास्टरप्लान तयार भयो । जसमा फुटबल , क्रिकेट ,टेनिस ,ब्याडमिटन, भलिबल जस्ता १६ वटा आउटडोर र इन्डोर खेलहरुको लागि खेल स्थलहरुको प्रारुप थियो। ३ सरकारले राष्ट्रिय खेलकुद परिषदमार्फत आर्थिक वर्षसम्म बजेट बिनियोजन भयो पनि । गणको गणपतिको संरक्षकत्वमा निर्माण समितिले सामान्य प्रारम्भिक काम गर्न थाल्यो । तर २०७० सालबाट रंगशालाको नाममा बिबाद सुरु भयो । यस संसदीय क्षेत्रका सांसद ,नेकपा एमालेका अध्यक्ष समेत रहेका त्तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट जातजाति विशेषको नामबाट रंगशाला नाम उपयुुक्त नहुने भन्ने प्रत्यक्ष अप्रत्यक्ष कुरा आयो। त्यसपछिका वर्षबाट बजेट बिनियोजन हुन छोड्यो। आदिवासी युबाहरु सङ्घर्ष समिती बनाएर दबाब दिन थाले । २०७३ को आर्थिक बर्ष बाट मदन भण्डारी रंगशालाको नामबाट केही बजेट फेरि बिनियोजन हुन थाल्यो। तर बिबादको वीच काम हुन सकेन । हरेक बर्ष बजेट फ्रिज हुँदै गयो । यस आर्थिक वर्षको बजेटमा त उक्त मदन भण्डारी रंगशालाको नामबाट दमक ३ स्थित उत्तरी क्षेत्रको हंसे दुम्से सामुदायिक बन क्षेत्र भित्र निर्माण हुने गरि आवश्यक बजेट बिनियोजन भयो ।
जसको कारण आदिबासी मात्र हैन, कमल ,न पा का सबै जातजातिका जनतामा व्यापक असन्तुष्टि सुरु भयो । अब यस ठाँउमा कहिल्यै रंगशाला नबन्ने हो कि भन्ने भय पैदा हुन थाल्यो ।
खेलकुद्को बिकासका निम्ति अनि खेल समारोह गर्न रंगशाला अपरिहार्य हुन्छ । त्यस माथि पूर्वक्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको एउटा पनि रंगशाला छैन् । मास्टर प्लानमा खेलग्राम निर्माण समेतको योजना छ । फेरि यो स्थान मा रंगशाला स्थापना भएमा ठुला ठुला होटलहरु बन्ने बिमानस्थल सम्म बन्ने निश्चित छ । जसले गर्दा दमक र दमकसंगै जोडिएको कमल गाउँपालिका मै कायापलट आउन सक्छ ।
रंगशालाले चर्चेको जमिन सङ्ग आदिबासी जनजातिहरुको भावना जोडिएको थियो र छ पनि । जुन सयौ चिहानहरु उत्खनन भएका थियो त्यो सर्त पूरा नहुदाँ असन्तुष्टि वढ्नु स्वभाबिक थियो । नामको कारणबाट रंगशाला परियोजना नै स्थानान्तरण हुनु कुनै अर्थमा जायज हुन सक्दैन् ।
यो रंगशाला निर्माणमा अबरोध आउनु , नाममा बिबाद हुनु लगायत कार्यमा केपी ओली सरकार मात्र हैन सबै सरकार उत्तिकै दोषी छन् । वीचमा माधब नेपाल , झलनाथ खनाल , पुष्पकमल दाहाल प्रचण्ड र शेर बहादुर देउवाका सरकार आए । उनीहरुले यो बिबाद टुङ्ग्याएर आदिबासी रंगशाला निर्माणमा पहल गर्नु परथ्र्यी तर गरेनन् ।
निष्कर्ष
रंगशाला निर्माण तदारुकताका साथ हुनु पर्छ । आदिवासी नाममा कोहि कसैलाई आपत्ति हुनु पर्ने कारण केही छैन् । परापूर्ब कालदेखि आफ्नो थातथलोमा बस्ने नै आदिवासी हुन् ।यसमा सबैले सम्मान र अपनत्व पनि ग्रहण गर्नु पर्छ । यसक्षेत्र कै कायापलट हुने ,बिकास हुने ,समृद्धि हुने कुरामा कसैले आग्रह पुर्वाग्रह राख्नु जरुरी छैन् । मिलेर वसेको समाजलाई बिबादमा ल्याएर कसैको हितमा हुदैन् । आदिवासी रंगशाला बनेमा ती मृत आत्माको आत्माले पनि शान्ति पाउनेका साथै यस क्षेत्र कै बिकास हुनेमा दुई मत छैन् । यस रंगशाला निर्माण पछि अवश्यनै पूर्वकै खेलकुदले फड्को मार्ने छ । यस अर्थमा यो रंगशाला निर्माणमा सबैले सहयोग गरि चाडो भन्दा चाडो निर्माण सम्पन्न गर्नु नै सबैका लागि श्रेयस्कर हुन्छ । ( लेखक तत्कालीन पाथीभरा शसस्त्र प्रहरी बलका गणपति हुन् । )