कोभिड -१९को संक्रमणसँगै डेंगु संक्रमणको त्रास कायमै

नेपालमा मात्र नभएर छिमेकी देशमा पनि डेंगु रोगले धेरैको ज्यान लिईसकेको हुँदा यो रोगका लक्षण र बचाउका उपायहरुको जानकारी हुनु आवश्यक छ । यो एक ज्यानलेवा संक्रामक रोग हो । यसले शरीरका मासपेशी मात्र नभएर हड्डीसम्म असहय हुने गरी दुख्ने हुँदा यस रोगलाई हड्डीतोड ज्वरो पनि भनिन्छ । यो मुख्य गरेर दुई प्रकारको हुन्छ । हेमोरेजिक अर्थात मुख र अन्य शरीरका भागबाट रक्तनसा फुटेर रगत बग्ने र अर्को ज्वरो आउने अनि जीउ, टाउको, शरीरका हड्डीसम्म दुख्ने । यसका लक्षणहरु यति कडा हुन्छन की औषधीले नियन्त्रण गर्न निक्कै कठिन हुन्छ । र समयमै उपचार नपाएमा विरामीको मृत्य पनि हुनसक्छ । त्यसैले यो रोगका बारेमा बेलैमा बच्ने जानकारी, रोकथाम र उपचारका बारेमा जनीराख्नु राम्रो हुन्छ । यो अवस्थामा रगतमा मुख्य भूमिका रहने निउट्रोफिल र प्लेटलेटको संख्या घटेर आउँछ । जसका कारण शरीर धेरै कमजोर र अन्य संक्रामक रोगले समात्न सक्ने या शरीरका विभिन्न भागबाट रगत बग्न सक्ने हुँदा ज्यान जोखिममा रहने गर्छ । शरीरलाई मजबुत राख्ने निउट्रोफिल र प्लेट्लेट कम हुन गएमा यो समस्यामा अरु संक्रमण हुने सम्भावना धेरै रहन्छ । त्यसैले पनि शरीर जहिले पनि स्वस्थ रहनु आवश्यक हुन्छ । यसकालागि नियमित व्यायाम योग शुद्ध आहार, प्रयाप्त निद्रा र तनाव रहित रहनु आवश्यक हुन्छ ।
………………………………………………………………………………………………………………………….

हाल विश्व कोरोना भाइरसको महामारीसँग जुधिरहको छ । यो समयमा नागरिक कोरोना त्रासमा छन् भने अर्कातिर हरेक वर्ष जसो वर्षायाम सगै या वर्खा सुरु हुँदै डेंगु जस्तो ज्यानलेवा विरामी फैलाउने लामखुट्टे हरेक सहर र गाउँमा फैलिने गरेको छ । यो वर्ष पनि डेंगुका विरामी देखिएको सञ्चारमाध्यममा आएको छ ।
यो ज्यानलेवा संक्रामक रोगबाट बच्ने एउटै उपाय सरसफाई हो भनेर धेरैलाई जानकारी भए पनि हामी गउँ नगर सफा राख्न सकिरहेका छैनौँ । हामी हरेकले आप्mनो घर आँगन र वरपर सफा राख्ने हो भने, नबुझेकालाई बुझउने हो भने, सचेतना सम्बन्धी कार्यक्रमहरु गर्नुपर्ने हुन्छ । यस संक्रमक रोग फैलिन नदिन हामीले पुराना टायर, पानी जम्ने ठाँउँ, खाल्डा खुल्डी पुर्ने हो भने र सफा पानी जम्ने स्थान अनि घरमा रहेका फ्रिज या अन्य सामाग्रीमा लामो समयसम्म पानी नजम्ने व्यवस्था मिलाउने पर्ने हुन्छ । त्यसैगरि चर्पी व्यवस्थित बनाउने हो भने पनि हामी धेरै प्रकारका संक्रामक रोगबाट बच्न सक्छांैं र सफाईसँग जोडिएको कोरोना संक्रमणबाट पनि बच्न सकिन्छ । बेलाबेलामा गाउँ या नगरपालिकाले लामखुट्टे र अन्य परजीवि मार्ने विषदी छर्किएमा धेरैखाले यस्ता संक्रामक या महामारी मञ्चाउने रोगबाट थोरै भएपनि बच्न सकिन्छ ।
डेंगु एउटा कडा खाले भाइरसबाट लाग्ने रोग हो । एडिस एजिप्थाई नामको फिमेल लामखुट्टे जो यो भाइरसबाट संक्रमित हुन्छ स्वास्थ मानिसमा टोकेमा यो रोग सर्ने सम्भावना धेरै हुन्छ । यसमा पनि यदि सम्बन्धीत मानिसमा त्यो भाइरससँग लडने रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थामा रोगका लक्षणहरु देखा पर्छन भने यदि रोग प्रतिरोधात्मक क्षमता बलियो छ भने पनि भाइरस शरीरमा रहिरहन्छ । त्यो मानिसलाई माथि भनिएको लामखुट्टेले टोकेमा र अर्को मानिसलाई टोकेमा भाइरस सर्ने र रोगका लक्षण सर्ने हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै सबैभन्दा बुद्धिमानी र लामखुट्टे नै फैलिन नदिनु र भएकालाई पनि नष्ट गर्ने उपाय अबलम्बन गर्नु सबैभन्दा राम्रो कार्य हो । रोग प्रतिरोधात्मक क्षमता वढाउनु भनेको कोरोना संक्रमण लगायतका भाइरसको संक्रमणबाट बच्नु पनि हो ।
नेपालमा मात्र नभएर छिमेकी देशमा पनि डेंगु रोगले धेरैको ज्यान लिईसकेको हुँदा यो रोगका लक्षण र बचाउका उपायहरुको जानकारी हुनु आवश्यक छ । यो एक ज्यानलेवा संक्रामक रोग हो । यसले शरीरका मासपेशी मात्र नभएर हड्डीसम्म असहय हुने गरी दुख्ने हुँदा यस रोगलाई हड्डीतोड ज्वरो पनि भनिन्छ । यो मुख्य गरेर दुई प्रकारको हुन्छ । हेमोरेजिक अर्थात मुख र अन्य शरीरका भागबाट रक्तनसा फुटेर रगत बग्ने र अर्को ज्वरो आउने अनि जीउ, टाउको, शरीरका हड्डीसम्म दुख्ने । यसका लक्षणहरु यति कडा हुन्छन की औषधीले नियन्त्रण गर्न निक्कै कठिन हुन्छ । र समयमै उपचार नपाएमा विरामीको मृत्य पनि हुनसक्छ । त्यसैले यो रोगका बारेमा बेलैमा बच्ने जानकारी, रोकथाम र उपचारका बारेमा जनीराख्नु राम्रो हुन्छ । यो अवस्थामा रगतमा मुख्य भूमिका रहने निउट्रोफिल र प्लेटलेटको संख्या घटेर आउँछ । जसका कारण शरीर धेरै कमजोर र अन्य संक्रामक रोगले समात्न सक्ने या शरीरका विभिन्न भागबाट रगत बग्न सक्ने हुँदा ज्यान जोखिममा रहने गर्छ । शरीरलाई मजबुत राख्ने निउट्रोफिल र प्लेट्लेट कम हुन गएमा यो समस्यामा अरु संक्रमण हुने सम्भावना धेरै रहन्छ । त्यसैले पनि शरीर जहिले पनि स्वस्थ रहनु आवश्यक हुन्छ । यसकालागि नियमित व्यायाम योग शुद्ध आहार, प्रयाप्त निद्रा र तनाव रहित रहनु आवश्यक हुन्छ ।
अन्त्यमा, हामी मानिस प्राणी मध्येका बुद्धि र विवेक भएका हौं । कुनै कुराको समस्या छ भने त्यसको समाधान पनि हुन्छ । समाधान पनि हामीसँगै छ । खाली हामी सचेत र जागरुक मात्र हुनु पर्दछ । यस्ताखाले रोगबाट बच्न हामीले आप्mनो घर, आँगन, टोल अनि गाउँ या नगर सफा राख्नु पर्दछ । सफा या फोहोर पानी जमेको भए या खाल्डा खुल्डी भए पुर्नु पर्छ । विशेष गरेर यो रोग फैलाउने लामखुट्टे सफा जमेको पानीमा फुलपार्ने हुँदा त्यस्तो पानी जमेको ठाँउलाई पानी नजम्ने बनाउनु पर्दछ । सम्भव नभए केमिकल या मट्टितेल छर्कनु पर्दछ । घर वरपर रहेका टायर र अन्य पानी जम्ने बस्तु भए हटाउनु पर्दछ । राती या दिउँसो सुत्दा झुल अनिवार्य लगाउनु पर्दछ । घर बाहिर हिँड्दा या घरमै या अफिसमा बस्दा पुरा बाउला भएका लुगा लगाउनु पर्दछ ।

ओडोमास जस्ता लोशन लगाएर हिँड्नु या सुत्नु बच्ने उपायमा पर्छन् । घरमा फ्रिज भए पछाडी जम्ने पानीलाई सफा गरिरहनु पर्दछ । संक्रमण हने सम्भावना रहेमा या ज्वरोसँगै जिउ दुख्ने लक्षण देखिएमा तुरुन्तै स्वास्थ केन्द्र या चिकित्सकसँग सम्पर्कमा रहनु पर्दछ । यो रागको या यो रोग निम्त्याउने भाइरसको औषधी उपलब्ध हुन नसकेका कारण उपचार पनि अझै जटिल रुपमा नै रहेको हुँदा विरामीको लक्षण अनुसार अस्पतालमा राखेर उपचार गरिने गरिन्छ । होमियोप्याथिक चिकित्सा प्रणालीमा भने हरेकखाले रोगको लक्षण चिन्हका आधारमा उपचार गरिने हुँदा डेंगु जस्ता संक्रामक रोगको उपचार यो चिकित्सा विज्ञानमा रहेको कुरा पनि यो पक्तिकार सम्पूर्ण नागरिकमा जानकारी गराउन चाहन्छु र अहिले घरमै बसेको अवस्थामा घर टोल आँगन सफा राखौं । आफू पनि बचौंं अरुलाई पनि बचाऔं ।
(लेखक, रीता होमीयो किल्निक सेन्टर दमकका सञ्चालक हुन् । )

Leave a Reply

Your email address will not be published.