धमिलिएको हाम्रो देशको राजनीति

हामी सगैको इतिहास बोकेका मुलुकहरु आज कसरी विकसित भनेर कहलिए र हामी सधैं विकासन्मुख मुलुकको पंक्ति मा रहन बाध्य भएका छौं । यसको एउटा कडी अल्पकालीन सरकार पनि हुनसक्छ । आफ्नो बहुमत प्राप्त पार्टीको सरकारलाई सरकारबाट ढाल्न जस्तो सुकै अपवित्र गठबन्धन गर्ने पद्धति हिजो पनि थियो र आजपनि त्यो विध्यमान छ। यसको अन्त्य नभएसम्म मुलुकले अझ धेरै कष्ट व्यहोर्नु पर्ने हुन्छ।

नेपालको राजनीतिक परिवेश अलि धमिलिए जस्तो लागेको छ। भिन्न भिन्न कालखण्डमा देशले भिन्न भिन्न परिवर्तनहरु झेलेको छ। सवै राजनीतिक व्यवस्थाका सिद्धान्तहरु आफैमा खराव छन् जस्तो लाग्दैन तर तिनलाई प्रयोग गर्ने विधि र पद्धतिमा नै कैफियत भए जस्तो लाग्छ। राणा शासन पछाडिको पञ्चायती व्यवस्था र यसले उपयोग गरेको पञ्चशीलका सिद्धान्त पनि कमसल होईनन् तर यसलाई राज्य सञ्चालन गर्ने शासन पद्धतिमा हुकुमी शैली आयो र राजनीतिककर्मीहरुलाई त्यो सहय भएन । धेरै ठूलो बलिदान पछि त्यो ३० बर्षको शासन व्यवस्थाको आखिर अन्त भयो। क्रमशः आन्दोलनसंगै त्यसबाट परिवर्तनहरु हुँदै गए , देशमा प्रजातन्त्रको उदय भयो । त्यसले पनि जनअधिकारको रक्षा हुन्न भनेर माओवादी क्रान्तिकारीका नाममा प्रचण्डले नेतृत्व गरेको पार्टीले बिद्रोहको शंखघोष गरेर लगभग १० वर्षको जनयुद्ध देशले थेग्नु पर्ने बाध्यता भयो। त्यो अवधिमा धेरैका घर उजाडिए , धेरै आमा र दिदीबहिनीहरुका सिंदुर पुछिए।

देशले धेरै मानवीय तथा भौतिक संरचनाको क्षति विहोर्नु परयो। ती भौतिक संरचनाहरु कोहि व्यक्तिगत नभएर सर्वसाधारणले नै उपयोग गर्ने वा सर्वसाधारणका लागि सेवा प्रदायकका रुपमा उपयोगमा ल्याईएका थिए। यतिका बलिदानपछि जनतालाई सार्वभौम बनाउन संविधानसभाको मागलाई बटमलाईन मानेर बिद्रोही माओवादी पार्टी राजनीतिक मुलधार मा आउन सहमत भयो र २०६२र६३ को जनआन्दोलनले त्यसलाई स्थापित गर्ने छ भन्ने मान्यतामा सवै राजनीतिक पार्टीहरु विश्वस्त भए। फलस्वरूप संवैधानिक राजतन्त्रको अन्त्य भयो र देशले गणतन्त्रको अभ्यास शुरु गर्न सफल भयो।
पहिलो संविधानसभाले संविधान निर्माण गर्न असमर्थ भएर दोस्रोपटक संविधानसभाको निर्वाचन गरियो र जनप्रतिनिधिहरुको रोहबरमा नेपालको संविधान २०७३ निर्माण गरियो जुन आज मुलुकले अभ्यास गरिरहेको छ।
मलाई लाग्छ विश्वमा नभएका राजनीतिक अभ्यासहरु नेपालले बहुत छिटो र चमत्कारी ढंगले सम्पादन गर्ने गरेको छ। हाम्रा राजनेताहरुमा त्यस्तो क्षमता छ।अहिले पछिल्लो सरकार परिवर्तन पनि यसको एउटा उदाहरण बनेको छ। यसले हाम्रा नेताहरुमा राजनीतिक महत्वाकांक्षा प्रचुर मात्रामा देखिन्छ। देशलाई समुन्नत बनाउने र भोलिका दिनमा हरेक नेपाली जनता ले सुखको अनुभुति गर्न पाउन् र रोजगारीका लागि घरपरिवार छोडेर विदेशीन बाध्य नहोउन् भन्ने तर्फ हाम्रा नेता ज्युहरुले कहिलै सोच्नु भएको अनुभुति गर्न पाईएन ।

हामी सगैको इतिहास बोकेका मुलुकहरु आज कसरी विकसित भनेर कहलिए र हामी सधैं विकासन्मुख मुलुकको पंक्ति मा रहन बाध्य भएका छौं । यसको एउटा कडी अल्पकालीन सरकार पनि हुनसक्छ । आफ्नो बहुमत प्राप्त पार्टीको सरकारलाई सरकारबाट ढाल्न जस्तो सुकै अपवित्र गठबन्धन गर्ने पद्धति हिजो पनि थियो र आजपनि त्यो विध्यमान छ। यसको अन्त्य नभएसम्म मुलुकले अझ धेरै कष्ट व्यहोर्नु पर्ने हुन्छ। र हामी जनता पनि आफुले समर्थन गरेको पार्टी जस्तो सुकै गठबन्धनबाट सत्तारोहण गर्दा खबरदारी गर्नु सट्टा क्षणिक खुसी हुने परिपाटीबाट ग्रसित भईन्जेल समुन्नत मुलुकको कल्पना गर्नु व्यर्थ हुनेछ ।( लेखक, प्याव्सन झापाका पूर्व अध्यक्ष हुन् । )

Leave a Reply

Your email address will not be published.