दमक ,१५ पुस । ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल दमक -८ वडा समितिले नवनिर्वाचित केन्द्रिय पदाधिकारी,सदस्यहरुसंग परिचयात्मकसहित अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।
दमक ८ मा रहेको वडा समिति ,त्यस वडाका आजिवन सदस्यहरु र केन्दिय पदाधिकारीसंग ज्येष्ठ नागरिकका समस्याहरुको बारेमा अन्तरकृया भएको थियो । उक्त कार्यक्रमा नयाँ आजिवन सदस्यहरुलाई प्रमाण पत्र बितरण गर्ने कार्यक्रम समेत भएको थियो ।
दमक ८ का वडाअध्यक्ष धर्मप्रसाद दाहाल (दिपेस ) को प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा वडा समितिले ज्येष्ठ नागरिकका हरेक समस्यामा साथ दिन वडा कार्यलय सधै लागिपरेको र हाल ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरु वडा भित्र सञ्चालन भईरहेको जनाएका थिए । कार्यक्रममा केन्द्रिय पदाधिकारीहरु अध्यक्ष दुर्गाप्रसाद पौडेल,सचिव जिवराज भट्टराई,सहसचिव उर्मिला भट्टराई, अक्षयकोष सरक्षण समितिका संयोजक वीर बहादुर अधिकारी, लेखा संयोजक कृष्णराज थापा, आजिवन सदस्यहरु प्रेमप्रसाद दंगाल र शारदा उपाध्याय खनालले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल वडा समिति दमक ८ का अध्यक्ष ओमप्रसाद खनालको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका वडा सचिव तारानाथ भट्टराईले गरेका थिए।