उर्लाबारी, १६ पुस । जङ्गली हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैँचा ५ डिपुकी ६० वर्षीया चन्द्रकला लिम्बूको मृत्यु भएको छ ।सुन्दरहरैँचा – ५ का वडाध्यक्ष गणेश चौधरीका अनुसार सोमवार घाँस दाउराका लागि जङ्गल गएकी वृद्धा साँझसम्म घर नआएपछि खोजतलासका क्रममा मङ्गलबार बिहान ६ बजेतिर स्थानीयले खोल्सीको किनारमा मृत अवस्थामा भेटिएकी थिइन् । उनलाई हात्तीले कुल्चेर मारेको स्थानीयलाई उद्धृत गर्दे वडाध्यक्ष चौधरीले जनााएका छन् ।
लिम्बूको शव उठाएर पोस्टमार्टमका लागि अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक कृष्ण खत्रीले बताए ।यस अघि पुस ५ गते सोही नगरपालिकाको वडा नं ७ कि ४० वर्षीया गङ्गामाया मगर (श्रेष्ठ ) को पनि हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।