दुई बर्षमा पनि अनावरण भएन हेनरी ड्यूनाकोे शालिक

दमक ,१५ पुस । दमकमा निर्मित रेडक्रसका जन्मदाता हेनरी ड्युनाको अर्धकदको शालिक निर्माणको तीन बर्ष सम्म पनि अनावरण हुन सकेको छैन् ।देशकै सवैभन्दा पूरानो मानिने नेपाल रेडक्रस सोसाईटी दमक उपशाखा भवन परिसरमा रेडक्रसका संस्थापक हेनरी ड्यूनाको अर्धकदको शालिक बनाइएपनि अनावरण हुन नसकेको हो ।
दमक ७ मा रहेको उपशाखामा दुई वर्ष अघि निर्मित शालिक अनावरणनै नभई दुई पटक स्थानान्तरण गरिएको छ । शालिक अनावरणका लागि ओढाइएको रातो कपडाको घुम्टो भने अझै उघारिएको छैन् । उपशाखाले शालिक अनावरण नहुनु आन्तरिक व्यवस्थापनकै कारण भन्दै आएको छ ।
उपशाखाको कार्यालय द्धारमा नै सो शालिक कपडाले ढाकेर राखेको दुई बर्ष भइसकेको छ । यसअघि सो शालिक अर्के स्थानमा राखिएको थियो । रेडक्रसले आफनो दुई ठुला भवनहरु ३० वर्षका लागि निशुल्क उपयोग गर्ने गरि किओच दमक बाल अस्पताललाई दिईसकेको छ ।
किओचले चलाएको बहिरंग कक्षमा पनि उनै हेनरी ड्यूनाको नाममा राखिएको सभाहलको अहिले नाम निसान छैन् । अस्पताल अघि सो भवन उनै हेनरी ड्यूनाको नाममा सभाहल रहेको थियो ।
रेडक्रसले हेनरी ड्यूनालाई आफनो आदर्शको रुपमा पथप्रर्दशक मानिआएपनि दमक उपशाखाले भने चासो नदिएको बुझाई छ । रेडक्रसले वनाएको सभाहल अन्यत्रलाई दिने मात्र नभएर ठ्डयाएको शालिक पनि व्यवस्थापन गर्न नसक्दा रेडक्रस माथिनै आजिवन सदस्यहरुले पटक पटक प्रश्न उठाउदै आएका छन् ।त्यसो त हेनरीको शालिकले रेडक्रस परिसरमा प्रवेश गर्ने सबैलाई गिज्याईरहेको उनीहरुको गुनासो छ ।
रेडक्रस दमक उपशाखाका निर्वतमान सभापति लीला गुरागाई रेडक्रसकै इतिहासमा दमक रेडक्रसको उचाई अव्वल रहेको दावी गर्छन् । समयमै हेनरी ड्यूनाको नवनिर्मित शालिक अनावरण गर्न नसकिएको भन्दै उनले अव चाडै शालिक अनावरण गरिने बताउँछन् । यो शालिकको घुम्टो खोल्ने साईत अव भने जुर्ने पक्का भएको उनको भनाई छ । तर मिति भने तोकिएको छैन् ।
दमकका सामाजिक अभियान्ता काजी राउतले समाजलाई गिज्याउने कार्य कसैले गर्न नहुने सुझाव दिन्छन् । हेनरी ड्यूनाको शालिक यसरी घुम्टोमा राखेर दुई वर्ष देखि लथालिङ्ग राख्दा यो कतै गिज्याउने काम बन्यो की भन्ने ख्याल गर्नु पर्ने रेडक्रसका आजीवन सदस्य समेत रहेका राउतले बताए ।

Leave a Reply

Your email address will not be published.