गौरादह, १६ पौष । सामाजिक कार्यमा सक्रिय क्लव हिमालय टाइगरले गौरादहमा आज सरसफाई गर्नुका साथैं डस्वीन वितरण गरेको छ ।उक्त क्लवको गौरादह शाखाले एक कार्यक्रम गरि डिपुचौकदेखि बजारसम्म सरसफाई गरिनुको साथै फोहोर संकलनका लागि डस्बिन राखिएको अध्यक्ष सरिता कटुवाल कार्की बताईन् । सरसफाइ अभियानमा गौरादह नगरपालिकाका स्थानीय बिभिन्न संघसंस्थाहरुको समेत सक्रिय सहभागिता रहेको थियो ।
अध्यक्ष कटुवालका अनुसार गौरादहमा गत मंसिर १७ गते स्थापना भएको संस्थाले पहिलो कार्यक्रम सरसफाइ तथा डस्बिन ब्यबस्थापन आयोजना गरेको हो। संस्थाले डिपु चौक आसपासका साथै बजारसम्म ३२ वटा स्टेण्डसहित प्लास्टिकका डस्बिन राखेको छ।
बजार सरसफाइमा गौरादह क्षेत्रमा रहेका क्लब, संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, ब्यापारी, समाजसेवी, बुद्धिजीवी, प्रहरी, ट्राफिक प्रहरी लगायतको उपस्थिति रहेको थियो। संकलन गरिएको फोहोर बस्तुलाई गौरादह नगरपालिकाको फोहोर ब्यबस्थापन गाडीमा राखि नगरको डम्पिङ साइडमा ब्यबस्थापन गरिएको थियो। क्लबका सदस्यहरुले डस्बिन सौजन्य गरेका थिए।
गौरादह नगरपालिकाकी कार्यवाहक नगर प्रमुख जलबर्षा राजवंशी कार्यक्रमको उद्घाटन गरेकी थिईन्।सरसफाइ तथा डस्बिन ब्यबस्थापन कार्यक्रममा क्लब हिमलयन टाइगरका केन्द्रीय अध्यक्ष रेवत चन्द्र भण्डारी, केन्द्रीय बरिष्ठ उपाध्यक्ष जय प्रसाद बिमली, दमकका अध्यक्ष दिपक खड्का, कमलका अध्यक्ष केदार नाथ चापागाईं, गौरादह नगरपालिका वडा नं १, २, र ३ का वडाध्यक्षहरु क्रमशः नगेन्द्र भण्डारी, गोपाल प्रसाद कोईराला, दिलिप भण्डारी ,गौरादह बजार ब्यबस्थापन समितिका अध्यक्ष जेबि कार्की, गौरादह खानेपानीका अध्यक्ष बाबुराम भण्डारी,गौरादह जेसीजका अध्यक्ष बिनिता कटुवाल लगायतको उपस्थिति रहेको सचिब विशाल धमलाले जानकारी दिएका छन् । क्लवले यसरीनै विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गरिने उनले बताएका छन् ।