कमल र विर्तामोडमा आगलागी हुदाँ ५० लाख बढीको क्षति

झापा,१६ पुष । झापाको बिर्तामोड र कमलमा भएका आगोलागीका घटनामा ५० लाख बढी क्षति भएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विर्तामोड नगरपालिका वडा नं ७ मियावारी निवासी लालबहादुर अधिकारीको ग्वाली र मिलमा आगलागी हुदाँ २५ लाख मूल्यको क्षति भएको छ । मंगलवार बिहान अन्दाजी ४.४० बजेतिर मिलमा विद्युत सर्ट भई भएको सो आगलागीबाट ग्वालीमा राखिएको मकै र पराल जलेको छ भने एउटा बाछी मरेको र अर्को घाइते भएको छ ।साथै मिलमा प्रयोग हुने उपकरणहरु जलेर नष्ट भएका छन् ।
यसैगरि, सोमबार दिउसो कमल गाउँपालिका ५ पाथीभरा चौंकका विनोद बस्नेतले सञ्चालन गरेको गाई फार्ममा आगलागीहुदाँ साढे १६ लाखको क्षति भएको छ ।
दिउँसो १ः१० बजे उनको लक्ष्मी पशु तथा कृषि गाई फार्ममा करेन्ट सर्ट भई आगलागी हुदाँ सिमेन्टको पिल्लर भएको ग्वालीसहित टिनको छानो र टिनको टाटीले बारेको गाई फार्म पूर्णरुपमा जलेर नष्ट भएको छ । त्यस्तै पानी तान्ने मोटर, कुटी काट्ने मेसिन, ३५ मन मकै, ५० मन धान र पराल गरी अन्दाजी १६ लाख ५० हजारबराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.