
कमल,१५ पौष । नेपाली कांग्रेसकी प्रतिनिधि सभा सदस्य महेन्द्रकुमारी लिम्बुको पहलमा झापाको कमल गाउँपालिका ४,५ र ६ मा पर्ने सितापुरी –मिलडाँडा हुदै किस्ने दोभानसम्म सडक कालोपत्रे हुने भएको छ ।
संघीय सरकारले त्यस सडकमा कालोपत्रे कार्य निर्माणका लागि रु २ करोड ५० लाख बराबरको बजेट बिनियोजन भएपछि त्यस सडक कालोपत्रे बन्न लागेको हो ।
सो बिनियोजित बजेट सम्बन्धी आज नेपाली कांग्रेस कमल ४ वार्ड समितिले मिलडाँडामा पत्रकार सम्मेलनको आयोजना गरी स्थानीयबासी तथा सरोकारवालालाई जानकारी गराएको हो ।
कार्यक्रममा सहभागी कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी सांसद लिम्बूले संसद बिकास कोषबाट आफ्नो बिशेष पहलमा यो पटक यस क्षेत्रमा बजेट पार्न सफल भएको जानकारी दिएकी थिईन् । त्यस सडकका लागि वजेट कार्यान्वयनको कार्य अन्तिम चरणमा रहेको उल्लेख गर्दे उनले ओझेलमा रहेको यस सडक कालोपत्रे बनेपछि यस क्षेत्रले कोल्टे फेर्ने जोड दिईन् । योजना कार्यान्वयन गर्न स्थानीय बासिन्दाहरुको भूमिका खाँचो भएको उनले औल्याईन् ।
अन्तरकृयासहितको सो कार्यक्रममा स्थानीयबासीका तर्फबाट केशव तिम्सीनाले बर्षोदेखि आफूहरुले बर्षोदेखि उठाउदै आएको कालोपत्रेको योजना बन्ने शुनिश्चित भएकोमा खुसी प्रकट गर्दे सांसद लिम्बूलाई धन्यवाद समेत दिएका थिए ।
कांग्रेस वडा न. ४ का सभापति सागर राईको सभापतित्वमा भएको सो कार्यक्रममा पार्टीका प्रदेश सदस्य हुकुमसिंह राई,महाधिबेशन प्रतिनिधि राजन ढुङगाना,कांग्रेस कमलका पूर्व सभापति खगेन भण्डारी, प्रदेश प्रतिनिधि दिपा गौतम,बदीराम राई,बिष्णु बेघा,वार्ड न २ का सभापति मोहन भण्डारी, वार्ड न ५ का सभापति चन्द्रसिंह राई ,सञ्चारकर्मी तथा स्थानीयहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
