काँग्रेसले बुझायो समानुपातिकतर्फको बन्दसूची

झापा,१५ पुस । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले तत्काल मान्यता नदिँदा कांग्रेसले ढिलो गरी मंगलवार बन्दसूची आयोगमा बुझाएको हो । आयोगले बन्दसूची बुझाउने समय सोमबार सम्म दिएको थियो ।
काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार साढे ११ बजेपछि कांग्रेसकातर्फबट ११० जनाको नाम आयोगमा बुझाएको हो । कांग्रेसले बन्दसूचीमा २०६४ देखिका समानुपातिक सांसदहरूलाई समावेश गरेको छैन् ।
बन्द सूचीमा कोशी प्रदेशबाट १८, मधेश २१, बागमती २२, गण्डकी ११, लुम्बिनी १७, कर्णाली १० र सुदूरपश्चिम १० उम्मेदवार समावेश गरिएको जनाइएको छ । कोशी प्रदेश केन्द्रीय नेताहरूसँगको समन्वयमा कोशी प्रदेश कार्यसमितिले आदिवासी जनजातीका ४ पुरुष र ५ महिला गरी ९ जना, खस आर्यतर्फका ४ महिला, थारूका १ महिला, दलितका १ महिला र १ पुरुष तथा मुस्लिमका १ महिला र १ पुरुष गरी १८ जनाको नाम समावेश गरिएको हो ।
सूचीअनुसार आदिवासी जनजाति पुरुषतर्फ केन्द्रीय सहमहामन्त्री भिष्मराज आङ्देम्बे (पाँचथर), गोपालमानसिंह भण्डारी (मोरङ), थलकुमार लिंखा (संखुवासभा), विजय सोम्वाहाम्फे (तेह्रथुम) छन् ।
आदिवासी जनजाति महिलातर्फ गीता गुरुङ (सोलुखुम्बु), गीताकुमारी सेन्दाङ (ताप्लेजुङ) , सविता राई (ओखलढुंगा), प्रमिका रानामगर (इलाम) र निर्मला गुरुङ (सुनसरी) छन् ।
खसआर्यतर्फ सुशीला ढकाल आचार्य (झापा), रुक्मिणी कोइराला (मोरङ), गोमकुमारी भट्टराई (झापा) तथा रिना उप्रेती (सोलुखुम्बु) रहेकी छन् । ढकाल पार्टीकी केन्द्रीय सदस्य हुन भने उप्रेती केन्द्रीय सदस्य बलबहादुर केसीकी श्रीमती हुन् ।
थारू क्लस्टरबाट डा. प्रमिला गच्छदार (मोरङ) को नाम राखिएको छ । दलितबाट मनुमाया विश्वकर्मा (झापा) र चन्द्रेश्वर शर्मा खत्वे (सुनसरी) को नाम राखिएको छ । त्यस्तै मुस्लिम क्लस्टरबाट नागमा शाहिद अन्सारी (सुनसरी) तथा जमिल अख्तर मिया (सुनसरी) को नाम राखिएको छ ।

झापाबाट कांग्रेसका तीन महिला
झापा । नेपाली कांग्रसले २१ फागुनमा हुने प्रतिनिधिसभाका लागि झापाबाट ४४ जनाको नाम सिफारिस गरिएपनि बन्दसूचीमा तीनजना मात्र परेकी छन् । तीनै जना महिला परेकी हुन् ।
झापाबाट सुशीला ढकाल र गोमा भट्टराईको नाम मात्र बन्दसूचीमा समेटिएको कांग्रेसले बुझाएको प्रतिवेदनमा जनाएको छ । त्यसैगरि, दलितबाट मनुमाया विश्वकर्मा (झापा)लाई बन्द सूचिमा राखिएको उल्लेख छ । ढकाल पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र गोमा भट्टराई महामन्त्री विश्वप्रकाश शर्मा निकट मानिन्छन् ।
समानुपातिकका लागि झापाबाट ४४ जनाको नाम सिफारिस गरिएको थियो । क्षेत्र नं १ बाट ६ , २ बाट १० , ३ बाट १० , ४ बाट ५ र ५ बाट १३ जनाको नाम सिफारिस गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.