माओवादीप्रति जनताको भरोषा छ : पूर्वप्रधानमन्त्री प्रचण्ड

गौरीगञ्ज,१५ पुस । पूर्व प्रधानमन्त्री एबम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले माओवादी केन्द्रप्रति जनताको आर्कषण बन्दै गएको बताएका छन् ।
झापाको गौरीगञ्जमा ओवादी केन्द्रले तमु ल्होसारको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टीको दोस्रो गाउँ सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे दाहालले देश निर्माण गर्न नेपाली जनताले फेरि पनि माओवादी केन्द्रलाई साथ दिने विश्वास व्यक्त गरे ।
पछिल्लो तीनै तहको उपनिर्वाचनबाट सत्तारुढ दलको गठबन्धनलाई हराउदै धेरै स्थानमा माओवादी केन्द्रले जितेर जनताको साथ प्राप्त गर्न सफल भएको उनको दावी थियो ।
पार्टीमा नवप्रवेशीहरुलाई स्वागत गर्दे उनले माओवादी केन्द्रमा काम गर्न आउने नेपाली जनताको उत्साहपूर्ण साथ र सहयोग प्राप्त हुदै आएको विचार राखे । देशमा प्राप्त भएका राजनीतिक लगायतका सवै उपलव्धि आफनो पार्टीकै नेतृत्वदायी भूमिकाबाट संभव भएको र यसको रक्षा र समृद्धि तर्फ लैजान पनि माओवादी केन्द्रले नै फेरि पनि अगुवाई गर्ने उनको जोड थियो ।
नेपालको राजनीतिक इतिहासमा झापाले अगुवाई गरिआएको चर्चा गर्दे उनले भने ,–‘ संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा देशमा विकास र समृद्धि ल्याउन फेरि आन्दोलन गर्नुपर्ने खाँचो देखिदै गएकाले यसमा नेपाली जनताको साथ र सहयोग प्राप्त हुने हामी विश्वस्त छौ। ’
देशमा आएको यो राजनीतिक परिवर्तनले मात्र देश बलियो नहुने भएकाले पनि अव आर्थिक ,सामाजिक ,सांस्कृतिक अधिकार प्राप्त गर्न एकपटक आन्दोलन जरुरी भएको उनको धारणा थियो ।
‘अहिलेको सरकार अलोकतान्त्रिक, असंवैधानिक र अप्राकृतिक छ’ प्रचण्डले भने– अहिलेको सरकार न लोकतान्त्रिक छ, न संवैधानिक छ । यो अलोकतान्त्रिक, असंवैधानिक र अप्राकृतिक छ ‘०८४ मा हामीलाई २०६४ को जस्तै पहिलो पार्टी बनाउनुभयो भने भ्रष्टाचारको जरा उखेल्ने कुरामा म प्रतिज्ञा गर्न चाहन्छु,’
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा भएको सो कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘यो सरकारले साँच्चै नै भ्रष्ट र दलालका पक्षमा काम गर्दै छ । संविधान, देश र लोकतन्त्रका विरुद्धमा काम गर्दैछ ।’
सो कार्यक्रममा स्थानीय शैक्षिक अगुवा कमलेश्वर राजवंशीसहित ठुलो संख्याका सर्वसाधारणहरुलाई अविर ,खादा लगाएर उनले पार्टी प्रवेश गराएका थिए ।
सोमबारनै अध्यक्ष प्रचण्डले त्यस क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेको कनकाई पुल, कमलको आदिवासी रंगशाला लगायतको स्थलगत अनुगमन गरेका थिए । त्यहाँ पुगेका प्रचण्डले आदिवासी रंगशाला निर्माणमा भईरहेको कामका बारेमा जानकारी लिएका थिए ।अध्यक्ष प्रचण्ड  सोमबार साँझनै काठमाडौं फर्किएका पार्टीले जनाएको छ ।
प्रचण्डलाई कोच संस्कृतिमा खानपीन
यसअघि प्रचण्डले राजवंशीको घरमा केराको पातमा पेल्का र माछा भात खाएका थिए ।प्रचण्डले माओवादी केन्द्रका गौरीगञ्ज १ का वडा कमिटी अध्यक्ष तिलक राजवंशीको महाभारास्थित घरमा कोच संस्कृति अनुसार बिहानको खाना खाएका हुन् । केराको पातमा उनले उसिना चामलको भात , लाफाको पेल्का (लाफा सागको दाल जुन चिप्लो हुन्छ ), आलु र फूलकोभीको भाजी र रहुँ माछा खाएका हुन् ।
कोच संस्कृति अनुसार उनले पलेटी कसेर खाना खाएका थिए । उनीसंगै नेताहरु हरिबोल गजुरेल , इन्द्रबहादुर आङबो , सावित्रीकुमार काफ्ले , जीवन आचार्य,धर्मशीला चापागाँईलगायतले खाना खाएका थिए । राजवंशीको घरमा करिव ७५ जनाले खाना खाएको थिए । जसको व्यवस्थापन पार्टीको जिल्ला कमिटीले गरेको थियो ।

Leave a Reply

Your email address will not be published.