
गौरादह , १४ पुस । नेपाली कांग्रेस एक नम्बर प्रदेश समिति सदस्य एवं झापा क्षेत्र नं ५ का महाधिवेशन प्रतिनिधि हुकुमसिंह राईले झापाको गौरादह ४ डोरामारी निवासी १०३ बर्षिया तिलरुपा भण्डारीलाई सहायता सामग्रीका रुपमा ह्वीलचियर प्रदान गरेका छन् ।
बृद्ध अवस्थामा पनि उठबस गर्न सक्ने क्षमता भएकी बृद्धा भण्डारीको जीवनशैलीमा सहजता ल्याउन ह्विलचियर उपयोगी हुने भएकाले उनले बुधबार घरै पुगेर उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।
सहायता सामाग्री हस्तान्तरणका क्रममा कमल- ५ मंगलवारे निवासी दाता राईले समाजका ज्येष्ठ नागरिकहरुलाई यस किसिमको सहायता गर्न पाउँदा आफूले गौरवान्दित महसुस गरेको बताए । उनले ढल्किदो उमेरसंगै स्वास्थ्यमा आउने समस्यालाई मध्यनजर गरेर चिसो मौसममा ज्येष्ठ नागरिकहरुको हेरचाह र स्वास्थ्यमा विशेष ध्यान पुरयाउन आग्रह गरेका थिए ।
कांग्रेस गौरादह नगर सचिव नेत्र खडकाको आग्रहमा नेता राईले केही समय अघिदेखिनै बृद्धालाई सो सहायता सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए । यसअघि समेत युवा नेता राईले विपन्नलाई घर, विपत्तिमा राहत जस्ता विभिन्न सामाजिक कार्यमा सहयोग पुरयाँएका थिए ।
सो अवसरमा भण्डारी परिवारका सदस्यहरुले देशभरमै १०३ बर्षिया तिलरुपालाई आफूहरुले अग्रजका रुपमा लिएको बताएका थिए । बृद्धालाई सो सहायता सामग्री हस्तान्तरणका क्रममा कांग्रेसका नगर तथा वडा तहका नेता, कार्यकर्ताहरुको प्रतिनिधिमूलक उपस्थिति थियो ।