कन्याममा पनि खुल्यो, थकाली किचन

दमक,१४ पुस । दमक -५ मा रहेको थकाली किचन एण्ड बारले इलामको कन्याममा पनि आफनो शाखा विस्तार गरेको छ । थकाली खानपीनका पारखीहरुको सुविधाका लागि पूर्वकै पर्यटकीयस्थल कन्याममा थकाली किचन सञ्चालनमा ल्याईएको सञ्चालक दिवस राईले बताए । उनले कन्याम घुम्न आउने आन्तरिक पर्यटक तथा विदेशी पर्यटकहरुलाई लक्षित गरि सेवा शुरु गरिएको बताएका छन् ।
कन्याममा थकाली खोलिएसंगै थकाली किचन एण्ड बारको संख्या तीन पुगेको छ । २०७२ सालमा दमकमा शुरुवात गरेका थकाली किचनले २०७६ सालमा झापाको बिर्तामोड र एक साता अघि देखि कन्याममा आफनो सेवा विस्तार गर्न सफल भएको सञ्चालक राईले बताएका छन् । पूर्वमा थकाली खानपीनमा उत्कृष्ठ सुेवा प्रदान गरिआएको उक्त थकाली किचन अन्यत्र क्षेत्रमा आवश्यकता अनुसार सेवा विस्तार गरि लैजाने लक्ष्य रहेको सामाजिक अगुवा समेत रहेका युवा व्यवसायी राईले जानकारी दिएका छन् ।
छोटो समयमानै ग्राहकहरुको मन जित्न सफल उक्त थकाली किचन खानपीन तथा सांगीतिक मनोरञ्जनको सुविधालाई झन सुढृण र व्यवस्थित गर्न सदैव प्रतिवद्ध रहेको सञ्चालक राईले दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published.