झापामा ५० हजारभन्दा बढी मतदाता बृद्धि

-सवैभन्दा बढी मतदाता झापा ५ मा
झापा, १४ पुस । झापामा ५० हजारभन्दा बढी मतदाता बृद्धि हुँदा ४९ वटा मतदान केन्द्र थप गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरेको निर्वाचन क्षेत्रगत अन्तिम मतदाता तथा केन्द्र संख्या विवरण अनुसार २०७९ सालको निर्वाचनको तुलनामा झापामा पुरुष २७ हजार ३०२ र महिला २२ हजार ९२४ गरी ५० हजार २२६ जना मतदाता बढेका छन् ।
२०७९ को निर्वाचनमा झापामा कुल मतदाताको संख्या ६ लाख ६३ हजार ३११ रहेको थियो । यो निर्वाचनमा बढेर ७ लाख १३ हजार ५३७ पुगेको हो । त्यस्तै गत निर्वाचनमा ७६६ वटा मतदान केन्द्र रहेकोमा यसपटक ४९ वटा बढेर ८१५ वटा पुगेको छ । मतदान स्थल भने बढाइएको छैन् । झापामा २८५ वटा मतदान स्थल रहेका छन् ।
झापाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नं ५ र सबैभन्दा कम क्षेत्र नं ४ मा रहेका छन् ।
क्षेत्र नं ५ मा ८१ हजार ८१ पुरुष र ८२ हजार २९६ महिला गरी जम्मा १ लाख ६३ हजार ३७९ जना मतदाता रहेका छन् । त्यसपछि क्षेत्र नं २ मा ७३ हजार ९५० पुरुष र ७३ हजार ५६७ महिला गरी १ लाख ४७ हजार ५२२ जना मतदाता छन् । त्यस्तै क्षेत्र नं ३ मा ७१ हजार १७४ पुरुष र ६९ हजार ६८३ महिला गरी १ लाख ४० हजार ८५७ जना मतदाता छन् ।
त्यस्तै क्षेत्र नं १ मा ६५ हजार ८५८ पुरुष र ६५ हजार २०९ महिला गरी १ लाख ३१ हजार ६७ जना मतदाता छन् भने सबैभन्दा कम क्षेत्र नं ४ मा ६६ हजार २८३ पुरुष र ६४ हजार ४२८ महिला गरी १ लाख ३० हजार ७१२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.