पदक विजेता खेलाडीलाई दमक तेक्वान्दो डोजाङको सम्मान

दमक,१४ पुस । दमक तेक्वान्दो डोजाङले झापा जिल्लास्तरिय प्रतियोगिताका पदक विजेताहरुलाई सम्मान गरेको छ ।डोजाङले दमक -५ स्थित सर्वोदय अंग्रेजी बोर्डिङ स्कूलमा सोमबार संक्षिप्त कार्यक्रम गरि १९ जना खेलाडीहरुलाई बधाई शुभकामनासहित सम्मान गरेको हो ।

पदक विजेता खेलाडीहरुलाई दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, डोजाङका प्रमुख सल्लाहकार गजु देवान ,पत्रकार विष्णु सुब्बा, सामाजिक अगुवा बलराम धिमाल,डोजाङकी प्रशिक्षक प्रतिमा तामाङ लगायतले प्रमाणपत्र तथा ट्रफि प्रदान गरे ।
शनिवार झापाको गौरीगञ्जमा भएको प्रथम गौरीगञ्ज खुल्ला जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता -२०८२ मा ७ स्वर्णपदकसहित १९ पदक जित्दै दमक तेक्वान्दो डोजाङ जिल्ला उत्कृष्ट बन्न सफल भएको थियो ।
डोजाङबाट २८ जना खेलाडी सहभागीहरूमध्ये विभिन्न वजन समूहमा ७ स्वर्ण पदक ,४ रजत र ८ काँस्य पदक जित्न सफल भएको डोजाङका अध्यक्ष जितु धिमालले जानकारी दिए ।

स्वर्ण पदक जित्नेमा ३० केजी तौल समूहबाट मनिष राई,२६ केजीबाट प्रज्ञा तामाङ,४१ केजीबाट सुभम अधिकारी,४४ बाट रेसु धिमाल,४६ केजीबाट देन्सु योगी,पुम्से महिलातर्फ सेमिना राई र इक्सा मादेन रहेका छन।
यसैगरी रजत पदक प्राप्त गर्नेहरूमा२८ केजी समूहबाट संयोग थापा,२० केजीबाट डिम्पल बस्नेत ,४६ केजीबाट रन्जिता तामाङ र पुरुष पुन्सेतर्फ एसविन तुम्रोक र

काँस्यपदकतर्फ २९ केजी तौल समूहकी साइनो दंगाल ,३५ केजीबाट चिनो दङ्गाल ,४४ केजीबाट परिस्ता राई, ५० केजीबाट निकिता तामाङ प्रतिक्षा तामाङ पुरुष ३५ केजीतर्फ आशिष धिमाल,४४ केजीबाट रेगम राई , ५६ केजीबाट इन्दीप धिमाल रहेका छन् ।
गौरीगंजस्थित गौरी आधारभूत विद्यालयमा भएको सो प्रतियोगितामा झापा भरिका १६ वटा डोजाङका २३० खेलाडीहरुले भाग लिएका थिए ।प्रतियोगिता गौरीगञ्ज तेक्वान्दो डोजाङ र शुभम तेक्वान्दो डोजाङले संयुक्त रुपमा आयोजना गरेको थियो ।

जिल्ला प्रथम बन्न सफल दमक तेक्वान्दो डोजाङले उपाधिसंगै नगद १५ हजारसहित ,ट्रफि ,मेडल पाएका थिए । एक वर्ष अघि स्थापना भएको यस डोजाङले पहिलोपटक जिल्लास्तरिय प्रतियोगितामा यो सफलता प्राप्त गरेको अध्यक्ष धिमालले बताए ।

Leave a Reply

Your email address will not be published.