किओचद्धारा ११७ जनाविद्यार्थीको कान परीक्षण

कमल,१४ पुस । झापाको कमल गाउँपालिका -५ पाडाजुंगीस्थित मंगलमय माविमा आईतवार विद्यार्थीहरुका लागि निशुल्क कान परीक्षण शिविर सञ्चालन गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी कमल उपशाखा तथा युवा रेडक्रस सर्कलको आयोजना तथा किओच दमक बाल अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा ११७ जना विद्यार्थीहरुको कान परीक्षण गरिएको थियो । शिविरबाट विद्यालयमा आवासीय रुपमा रहेका सुस्तश्रवण विशेष कक्षाका ३२ जना र अन्य ८५ जना विद्यार्थीको कान परीक्षणसहित आवश्यक स्वास्थ्य परामर्श समेत प्रदान गरिएको रेडक्रस उपशाखाका सचिव पारषमणि राईले बताए । शिविर उद्घाटनमा रेडक्रस कमलका सभापति चन्द्र साह, विद्यालयका प्रधानाध्यापक मोहन वगाले,विद्यालयका अध्यक्ष टिकाराज सापकोटा,किओचका चिकित्सकहरु, शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो । किओचमा केहि महिनादेखि कान नसुन्ने विरामीका लागि आवश्यक उपकरणमार्फत स्वास्थ्य परीक्षण गर्देआएको छ ।

Leave a Reply

Your email address will not be published.