डिपीएलको नयाँ नेतृत्व ,अध्यक्षमा अनु भण्डारी

दमक ,१४ पुस । डाइनामिक पब्लिक लाइब्रेरी (डीपीएल) नेपालको वर्ष -२०२५ को नयाँ नेतृत्व चयन भएको छ ।पठन संस्कृतिको विकास गराउने उद्देश्यले स्थापित डिपीएलको शनिवार विराटनगरमा सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनले अनु भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
सर्वसम्मत निर्वाचित समितको वरिष्ठ उपाध्यक्षमा दिवश खतिवडा, उपाध्यक्षत्रयमा जीवन सापकोटा, कमलप्रसाद गैरे र आयुष बाटाजु, महासचिवमा गुणराज गिरी, कोषाध्यक्षमा श्रेयश्री थापा चुनिएका छन् ।त्यस्तै, निर्देशकहरुमा संजीव पाठक, अनुज दाहाल र मनिष गिरी रहेका छन् ।
दमकका सृजनशील युवा भेषराज न्यौपानेको अगुवाईमा पठन संस्कृतिको विकासमा खुलेको ‘दमक पब्लिक लाइब्रेरी’लाई बृहत रुप दिएर डाइनामिक पब्लिक लाइब्रेरी निर्माण गरि देश तथा विदेशसम्म सञ्जाल विस्तार गरि विभिन्न सृजनशील गतिविधि सञ्चालन गर्देआएका छन् ।

Leave a Reply

Your email address will not be published.