जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

शिवसताक्षी,१३ पुस । जंगली हात्तीको आक्रमणबाट झापामा फेरि एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका—११ का मेघराज राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शुक्रबार बिहान पौने दुई बजे हात्तीले घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई आक्रमण गरेको र उनीको घटनास्थलमा नै मृत्यु भएको थियो । हात्तीको आक्रमणबाट उनको शव घरबाट ५० मिटर पर बाटामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।हात्तीले मृतक राईको घरसमेत भत्काएको प्रहरीले जानकारी दिएको छ।

मृतक राईको शव पोष्टमार्टमका लागि दमक अस्पताल लगिएको प्रहरीले बताएको छ। योसंगै झापामा चालू आर्थिक वर्षमा हात्तीको आक्रमणबाट चार जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published.