दमकमा मेलमिलाप दिवस मनाउदैं

दमक,१४ पुस । नेपाली कांग्रेस क्षेत्र न. ५ क्षेत्रीय समितिले आसन्न ४६ औ राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।नवनिर्वाचित क्षेत्रीय समितिको आज बसेको पहिलो बैठकले यहि पुस १६ गतेका दिन राष्ट्रिय मेलमिलाप तथा एकता दिवसमा अन्तरकृया गरि मनाउने निर्णय भएको क्षेत्रीय सचिव मुकुन्द उप्रेतीले बताए ।
कांग्रेसकी नवनिर्वाचित केन्द्रीय सदस्य तथा संघीय सांसद महेन्द्रकुमारी लिम्बूको प्रमुख आतिथ्यतामा तथा कांग्रेस दमकको पार्टी कार्यालयमा हुने सो अन्तरकृयामा क्षेत्र भरिका पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहने जनाइएको छ ।
कांग्रेस क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीको अध्यक्षतामा बसेको बैठकले कार्यक्रम सफल बनाउन क्षेत्रका गाँउ नगर समितिलाई आवश्यक आग्रह गरिएको सचिव उप्रेतीले बताए । कांग्रेसले पुस १६ गतेका दिनलाई महामानव वीपी कोइरालाको स्मरण गरि बर्सेनी विभिन्न कार्यक्रम गरि मेलमिलाप दिवसका रुपमा मनाउदै आएको अर्का क्षेत्रीय सचिव धर्मानन्द भट्टराईले बताए ।
यसैगरि बैठकले पार्टी संगठन थप क्रियाशिल गर्न क्षेत्र भरिका गाँउनगर समितिले टोल संगठन निर्माण गर्न निर्देशन दिने निर्णय भएको उनले जनाएका छन् । यसैगरि क्षेत्रभरिका सवै वडालाई कार्यालय व्यवस्थापनमा सहयोग पुरयाँउन कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद महेन्द्रकुमारी लिम्बूले दराज उपलव्ध गराउने निर्णय भएको सचिव भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published.