मोसा दुर्घटनामा एकैसाथ तीन जनाको मृत्यु

दमक,१४ पुस । झापाको दमक नगरपालिका वडा नं २ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाईकल दुर्घटना हुदाँ एर्कै साथ तीन जनाको ज्यान गएको छ ।
प्र १–०२–०४३प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल मंगलबार राती करिब साढे १० बजे आफै अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किदा एकैसाथ तीन जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
मृत्यु हुनेमा चालक खोटाङ, चिसापानी ४ का २३ बर्षिय अनिल विक, चितवन ,राप्ती ४ का १९ बर्षिय किसन सेन्चुरी र ताप्लेजुङ ,भुइखोला ३ का १९ बर्षिय अनिल लामगादे रहेका छन् ।
तीनै जनाको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीले बताए । मृतक दमकको एक सुन पसलमा काम गरिआएका थिए ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान शुरु गरेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.