दमक जेसीजको अध्यक्षमा भट्टराई निर्वाचित

दमक,१४ पुस । दमक जेसीज बर्ष -२०२५ को अध्यक्षमा युवा व्यक्तित्व सहदेव भट्टराई निर्वाचित भएका छन् ।दमक जेसीजको ४४ औ बार्षिक साधारणसभा अन्तर्गत आज भएको निर्वाचनबाट उनले आफना प्रत्यासी निरोज आचार्यलाई १९ मतको फराकिलो मतान्तरले अध्यक्षमा निर्वाचित भएका हुन् ।
भट्टराईले ५९ मत प्राप्त गर्दै विजयी भए भने आचार्यले ४२ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा निर्वाचित भट्टराई दमक जेसीज बर्ष -२०२४ का महासचिव समेत हुन् ।
यसैगरि, दुई कार्यकारिणी उपाध्यक्षद्धयमा रुवल अधिकारी , पुजन चौधरी , निर्विरोध निर्वाचित भए भने चार उपाध्यक्षहरुमा भएको निर्वाचनबाट सरिता बराल (८३ मत), निसम अधिकारी ७८, धर्म ढुंगाना (६५ ) र सुमन कुमाल (६०) मतसहित निर्वाचित भएका हुन् । त्यसैगरी जनसम्पर्क अधिकारीमा विशाल अधिकारी र तालिम निर्देशकमा कृष्ण भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।
दमक जेसीजले निर्वाचन सम्पन्न गर्न पूर्व अध्यक्ष सञ्जीब बरालको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको थियो ।जेसीज विधान अनुसार महासचिव,कोषाध्यक्षसहितका पदहरुमा मनोनित गरि कार्यसमितिलाई पूर्णता दिईने जनाईएको छ ।

गौरादह जेसीजमा दुर्लभ

जिल्लाकै गौरादह जेसीज वर्ष २०२५ को अध्यक्षमा दुर्लभ कार्की चयन भएका छन् ।गौरादह जेसीजको शनिवार सम्पन्न १३ औ बार्षिक साधारणसभाको निर्वाचन कार्यक्रमबाट दुई कार्यकारिणी उपाध्यक्षमा ध्रुवचन्द्र अधिकारी , अनिता भण्डारी, शितल अधिकारी,एन्जिला पोख्रेल,अभिसेक गड्तौला, गणेशराज ताजपुरिया र जनसम्पर्क अधिकारीमा बिकास न्यौपाने निर्विरोध चुनिएका छन् ।

 

Leave a Reply

Your email address will not be published.